एक शव फेला, दुर्घटनापछि एकको मृत्यु, दाउ प्रहारबाट युवक गम्भीर घाइते झापाका तीन फरक घटना

  • जेठ १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

झापा/ झापामा शुक्रबार साँझ तीन फरक घटनाले सनसनी मच्चाएको छ। एकातिर सडक छेउमा अज्ञात पुरुषको शव फेला परेको छ भने दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारकै क्रममा मृत्यु भएको छ। अर्कोतर्फ पुरानो रिसइबीका कारण दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

राजमार्गबाट तल अज्ञात पुरुषको शव फेला

मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करपछि उपचाररत तामाङको मृत्यु

जेठ ११ गते मेचीनगर–१२ सयरडाँगी चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ४४ वर्षीय निमा तामाङको उपचारकै क्रममा मृत्यु भएको छ। आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज लिएपछि थप उपचारका लागि मेची आम्दा अस्पताल लगिएका तामाङको शुक्रबार निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक नारायण भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

पुरानो रिसइबीमा दाउ प्रहार, एक गम्भीर

कन्काई नगरपालिका–५ चप्रामारीमा पुरानो रिसइबीका कारण दाउ प्रहार हुँदा ३० वर्षीय सूर्यलाल राजवंशी गम्भीर घाइते भएका छन्। बाटोमा हिँडिरहेका बेला २५ वर्षीय दीपक बिष्टले दाउ प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनालगत्तै प्रहरी टोलीले दाउसहित बिष्टलाई नियन्त्रणमा लिएको छ। घाइते राजवंशीको सुरुङ्गास्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड पठाइएको छ।

प्रहरीले तीनै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved