स्कुल बसकै चपेटामा परे ४ वर्षीय बालक, घर नजिकै दर्दनाक मृत्यु

  • जेठ १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

झापा/ झापाको गौरादह नगरपालिका–७ फगेटीमा बुधबार साँझ हृदयविदारक सवारी दुर्घटना भएको छ।

सजग एकता बोर्डिङ स्कुलको बसबाट घर झार्ने क्रममा सोही बसले किच्दा ४ वर्षीय आरोग्य चिमरिया घटनास्थलमै मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई घर पुर्‍याएर ओराल्ने क्रममा दुर्घटना भएको हो।

मृतक आरोग्य गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् र सोही विद्यालयमा अध्ययनरत थिए।

दुर्घटनापछि बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ।

शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved