इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला : तीन दिनमै ५४ गाडी बिक्री

  • जेठ १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार ९जेठ १३ गते० सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ।

मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरिएको छ। जसअनुसार ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ।

त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो तथा सरल फाइनान्स प्रक्रिया पूरा गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। मेलाअवधिभर सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिनेछ।

कम्पनीका अनुसार न्यूनतम मासिक किस्ताबन्दी ९ईएमआई० मार्फत पनि सवारी खरिद गर्न सकिने भएकाले यो मेला नयाँ सवारी खरिद गर्न चाहने ग्राहकका लागि सहज, किफायती र आकर्षक अवसर बनेको छ। आयोजकले बाँकी दिनमा अझ बढी ग्राहक सहभागिता हुने अपेक्षा गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved