यूएन-नवोदयकी सुम्निहाङमा राई राष्ट्रपति रनिङ शिल्ड भलिबलमा जिल्लाकै प्रथम

  • जेठ १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १६ मा अवस्थित यूएन - नवोदय +२ की छात्रा सुम्निहाङमा राईले सुनसरी जिल्ला स्तरीय ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ अन्तर्गत भलिबल विधामा प्रथम स्थान हासिल गर्दै कलेजको नाम उच्च बनाएकी छन्।

पढाइसँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्दै सुम्निहाङमा राईले जिल्लास्तरमै प्रथम स्थान हासिल गरेपछि यूएन कलेज नवोदय +२ परिवार गौरवान्वित बनेको छ।

क्याम्पस प्रमुख डम्बर कुमार  तुम्बापोका अनुसार सुम्निहाङमाको यो सफलता मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफल हो।

उनले सुम्निहाङमालाई हार्दिक बधाई दिँदै आगामी दिनमा जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरसम्म विजेता बन्न सफल होउन् भन्ने शुभकामना व्यक्त गरे।

“हाम्रा विद्यार्थीहरू अध्ययनसँगै खेलकुदमा पनि अब्बल बन्दै जानु गौरवको विषय हो,” उनले बताए।

सुम्निहाङमाको उपलब्धिले यूएन कलेज नवोदय +२ लाई थप उत्साहित बनाएको छ भने अन्य विद्यार्थीलाई पनि प्रेरणा दिएको कलेजले जनाएको छ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved