पदम राईको निर्णायक गोलसँगै हाम्रो धरान भेट्रान फाइनलमा

  • जेठ १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चाैथाे “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता” अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा हाम्रो धरान भेट्रान्सले विराट भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफमा विराट भेट्रान्सका प्रकाश थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा हाम्रो धरान भेट्रान्सका जीवन लिम्बूले शानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेल सकिन केही समय बाँकी रहँदा धरान भेट्रान्सका पदम राईले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा हाम्रो धरान भेट्रान्स फाइनल प्रवेश गर्न सफल भयो।

खेलको “प्लेयर अफ द म्याच” धरान भेट्रान्सका जर्सी नम्बर १० का पदम राई घोषित भए। उहाँलाई उक्त पुरस्कार प्राध्यापक श्री उद्वब श्रेष्ठले प्रदान गर्नुभएको थियो।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि धरान भेट्रान्स र पूर्वेली भेट्रान्स, झापाबीच हुने आयोजकले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved