धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पुर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
पुर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा पुर्वेली भेट्रानका जर्सी नं. ११ का प्रविन विश्वकर्मा ले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पुर्वेली भेट्रानले महत्वपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
खेलको ‘प्लेयर अफ द म्याच’ पुर्वेली भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बू घोषित भए। उनलाई उक्त पुरस्कार क्लबका सल्लाहकार सुरज गुरुङ ले प्रदान गरेका थिए।
अब प्रतियोगिताको अर्को रोमाञ्चक खेलमा विराट भेट्रान मोरङ र हाम्रो धरान भेट्रान सुनसरी बीच सेमिफाइनल भिडन्त हुने भएको छ।