काठमाडौं / सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन् । उनले विनासर्त गृहमन्त्रीले राजिनामा दिनु पर्ने जिकिर गरेका छन । केहि समय अगाडि भएको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी समेत दिएका छन् । सुन तस्करी प्रकरणको विरुद आवाज उढाउदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै शर्माले आक्रोस व्यक्त गरेका छन ।
विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ । धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन । उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समिति
धनकुटा/ अलैची खेतिबाट आत्मनिर्भरबन्दै गएका धनकुटाका कृषकहरु इस बर्ष भने अलैचीको भाउ बृद्धि हुदासमेत कृषक हर्षित छैनन् । मूल्य बृद्धि भएपनि उत्पादनमा ह्रास आएको उनीहरुको भनाई छ । यस बर्ष अलैचीको भाउ प्रतिमन ६० देखि ७० हजारसम्म पुगेको छ । विगतका बर्षहरुमा प्रतिमन १० हजारले पनि विक्री हुन मुस्किल अलैचीले यस पटक भाउ पाए पनि लामो समय परेको खडेरीका कारण उत्पादन घटेको कृषकहरु बताउँछन् । महालक्ष्मी नगरपालिका चानुवाका कृषक महेन्द्र पौडेलका अनुसार यस बर्ष अलैचीले मेहनत गरे अनुसारको मूल्य पाएको बताए । करिब २ विगाह क्षेत्रमा अलैची लगाएका उनले उत्पादनमा भने ह्रास आएको बताए । उनले भने–&lsqu
संखुवासभा/ संखुवासभा कारागारभित्र कैदीको हत्या प्रकरणको छानविन क्रमिक रुपमा अगाडि बढाइएको छ । अनुसन्धानकै क्रममा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी आइतबार नै पक्राउ गरिएको छ । उनलाई पक्राउ गरी पाँच दिनसम्म हिरातमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । पीडितले चौधरी विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो । कुटपिटबाटसंखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नु
धरान /धरानस्थित मेघा हिमालयन कलेजले बार टेन्डिङ (मिक्सोलोजी एन्ड फलेयरिङ) सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ । गत बिहीबार र शुक्रबार सञ्चालित कार्यशालामा मेघा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत् २७० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ । त्यस क्रममा विद्यार्थीहरूलाई अल्कोहोलिक र नन्अल्कोहोलिक पेय पदार्थका साथै बार टेन्डिङको विषयमा पनि जानकारी प्रदान गरिएको कलेजको होटल म्यानेजमेन्ट विभागका विभागीय प्रमुख पोषण श्रेष्ठले बताए । इन्टरनेसनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहाल कार्यशालामा विशेष प्रशिक्षकका रूपमा आएका थिए । काठमाडौँको ककटेल एन्ड फलेयर एकेड
विराटनगर / विराटनगर रहेको नोबेल शिक्षण अस्पतालले मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट सुचारु गर्ने भएको छ । बिरामीलाई सहज सुविदा पुराउने उदेश्यले अत्याधुनिक प्रविधिबाट उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यस प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, नसा जाने भाग साँगुरिएका र हड्डी खिइएको जस्ता मेरुदण्ड सम्बन्धीको विभिन्न रोगहरुको शल्यक्रिया दूरबिनको माध्यमबाट गर्ने भएको छ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियामा रहेको डेजियन युरी
बिराटनगर / लायन्स क्लब अफ बिराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगस्ट १२ अर्थात साउन २७ गते का दिन विश्व भर मनाइने युवा दिवसका अवसरमा लायन्स क्लब अफ बिराटनगर मेट्रोले आयोजना गरेको युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिराटनगरको स्थीत जेनिथ कलेजमा आयोजित उक्त गोष्ठीमा बिराटनगर भरिका करिब ६० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। गोष्ठीमा बिराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए भने अशोक शिवाकोटीले युवाहरु बिचमा हुनुपर्ने संचारका बारेमा सहजीकरण गरेका थिए । त्यसैगरी सस्थ
बिराटनगर / कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा हुदा बाढी पहिरोको कारण बिभिन्न क्षेत्रहरुमा सडक अबरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आउदा मेरिङदिन गाउँपालिका वडाम नम्बर – ३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर – ५ जोड्ने मोटरेबल पुल सम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ । त्यसैगी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१ गुप्त बराह भित्री सडक खण्डमा पहिरो झरेर बाटो अबरोध भएको छ । भने ईलाम नगरपालिका वडा नम्बर –४ स्थित अधिकारी चोकको सडकमा पहिरो झरेर बाटो बन्ध भएको छ । यसैगरी तेह्रथुमको छथर गाउँपालिक
विराटनगर / विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते छन् । विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए । ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भएकाख
धरान/ धरानमा ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नु पूर्व आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना, धरान उपमहानगरपालिका, २० वटै वडाका वडाध्यक्षहरु, टोलविकास समितिका सदस्यहरुले एकै पटक आइतबार सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छन् । जनस्तरबाटै सचेतना जगाउदै यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्य अनुरुप सबैको उपस्थिति रहेको हो । धरानमा अहिले डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । यसैलाई मध्यनजर गरी धरानलाई ‘जनस्वास्थ्यको आपत्तकालीन अवस्था&r