बराहक्षेत्रका दुई युवाले च्याउखेतीबाट, कमाउँछन् महिनामै डेढ लाख वैदेशीक रोजगारमा ७ वर्ष बिताएर फर्केपछि सुरू गरे च्याउखेती,

  • मंसिर १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।

दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै च्याउखेती गरी राम्रो आम्दानी गरिरहेका छन्।

सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए।

पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए।

उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ।

हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन्। च्याउ बजारमा थोकमा प्रतिकेजी १७० रूपैयाँमा र फर्ममै किन्न आउने व्यापारीलाई १५० रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताए।

च्याउ बिक्रीका लागि बजारको समस्या छैन। उत्पादन भएको च्याउ धरान, इटहरी, इनरूवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ,उनले भने।

त्यतिबेला ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौंमा पुगेको छ भने यहीबाटै परिवारका ६ सदस्यलाई रोजगार पनि मिलेको छ।

त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ।

मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले पाँच सय रूपैयाँमा काम गरिरहेका छन्।

व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ, उनले भने,च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ।

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ। त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ। विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए।

उनका अनुसार हाल दैनिक ३५० केजीसम्म च्याउ बिक्री भइरहेको छ।

साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ। वर्षमा ९ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ।

विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न, रोशनले भने।

उनले च्याउ खेतीका  लागि गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान पाएका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार अनुदान दिएको खबर -राससले प्रकाशन गरेकाे छ ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved