ओछ्यानमा थलिएका क्यान्सर पीडित ठटाललाई आर्थिक सहयोग स्टेण्ड श्रमिकद्धारा एक दिनको कमाई उपचारमा सहयोग

  • मंसिर ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानको भानुचोक बस स्टेण्डमा काम गर्ने मजदुर बुद्ध ठटालको उपचारका लागि २२ हजार सहयोग प्रदान गरिएकोछ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्टेण्ड श्रमिक इकाई सदस्य ठटाल मुखको क्यान्सर पीडित हुन् ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी उठेको दक्षिणा मध्ये १० हजार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको समन्वयमा संकलित १२ हजार गरी जम्मा २२ हजार प्रदान गरिएको हो ।

मंगलबार संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङले पीडित मजदुर ठटालका दाइ जीवन ठटाललाई संगठनका धरान कार्यालयमा सहयोग हस्तान्तरण गरेका हुन् ।

करिव एक वर्षदेखि क्यान्सरबाट पीडित ठटाललाई संगठन स्टेण्ड श्रमिक इकाईको तर्फबाट नगद १ लाख र कमिटीका अध्यक्ष बलबहादुर लिम्बुबाट १० हजार गरि एकलाख १० हजार यस अघिनै सहयोग गरिसकिएकोछ भने स्टेण्ड श्रमिकहरुले आफ्नो पारिश्रमिकबाट प्रत्येक दिन सहयोग छुट्याउने गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

उपचारको गर्नको लागि आर्थिक कठिनाई भएको परिवारजनले बताएका छन् । जीवन बचाउन आर्थिक सहयोग गरि दिन अपील समेत गरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved