मधुमेह रोग दिनप्रतिदि बढ्दै: खानपिन र जीवन शैली मुख्य कारण–चिकित्सक

  • मंसिर ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  अहिले नेपालमा समेत मधुमेह विरामीको संख्यामा बृद्धि हुँदै गएको पाइएको छ ।

सन्तुलित भोजन र शारीरिक व्यायामको अभावका कारण बृद्धबृद्धामात्र हैन सबै उमेर समूहका विरामीहरुलाई मधुमेह भएको पाइएको हो ।

धरानमा समेत लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशमा मधुमेह रोगका विरामी भेटिएका छन् ।

धरानको भानुचौकमा गरिएको निःशुल्क स्वास्थ्यशिविरमा चेकजाँच गर्ने अधिकांशमा मधुमेह रोग पाइएको थियो । लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका चिकित्सहरुले गरेको निःशुल्क परीक्षणमा अधिकांशमा मधुमेहको विरामी भेटिएका हुन् ।

लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष एकता श्रेष्ठले ६० जना विरामीको चेकजाँच गर्दा रेन्डम अधिकांशमा रेन्डम १४० भन्दा बढी भएको पाइएको बताइन् । उनले मधुमेहका विरामीहरुलाई उपचारको लागि सल्लाहसँगै यो रोगसम्बन्धी परामर्श समेत दिइरहेको बताइन् ।

शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्रो. रविन मास्के र डा अजय यादवले परीक्षणसँगै परामर्श दिने काम गरेका थिए ।

रोगै लाग्न नदिन र भइसकेकाहरुलाई कसरी रोकथान गर्न सकिन्छ भन्ने सचेतना कार्यक्रमसँगै निःशुल्क चेकजाँच गरिएको उनको भनाई छ ।
चेकजाँचका क्रममा कतिपयलाई थाहै नपाई मधुमेह भएको पाइएको थियो ।

धरान उपमहानगरपालिकाका बरिष्ठ कविराज रामबाबु यादवले चेकजाँचमा आउने अधिकांशलाई मधुमेह लागिसके पनि थाहै नभएको पाइएको बताए ।

धरानका सर्वसाधारण मधुमेह रोगबाट समयमै सचेत रहुन्, समयमै उपचार पाउन भन्ने उद्देश्यले पनि सचेतनासँगै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको उनले जानकारी दिए ।

जथाभावि खानपान र रहनसहनसँगै शारीरिक व्यायामको कमीका कारण ५० प्रतिशत मधुमेहका विरामीलाई आफूलाई विरामी छ भन्ने थाहा नहुने र थाहा भएकाहरुले समेत सचेतना नअपनाउने गरेका कारण यो रोग विकराल बन्दै गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका चिकित्सक डा. अजय यादवले जानकारी दिए ।

विरामी भएका र नभएकाहरुलाई चेकजाँचसँगै सचेत गर्ने काम यो शिविरबाट गरिएको उनले जानकारी दिए ।
मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस प्रत्येक बर्ष मनाउन थालिएको हो ।

सन् २००६ देखि संयुक्त राष्ट्र संघले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो ।

बर्षमा एक दिन दिवस मनाउने भएपनि धरानमा भने मधुमेहका विरामीलाई सचेत गराउनकै लागि मंसिरमहिना भरि यस प्रकारको शिविर, सचेतना कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved