टेम्केमैयुङमा दलित छात्रबृतिको लागि एक लाख बढीको अक्षयकोष

  • मंसिर ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । भोजपुरको टेम्केमैयुङ ८ गोगनेको श्री विद्येश्वर माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

धरानका लालबहादुर विक÷रेणुका विकले उक्त विद्यालयमा दलित छात्रबृति अक्षयकोष –२०८१ स्थापना गरेका हुन् ।
विद्यालयको ८४ औं वार्षिकोत्सवमा मङ्सिर ८ गते विद्यालय पुगेका विकले एक लाख एक हजार एक सय एक रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन। ‘मङ्गल÷शुभद्रा÷लाल ब। विश्वकर्मा दलित छात्रवृत्ति अक्षयकोष–२०८१’ भनेर स्थापना गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । विद्यालयमा विगत सञ्चालित ‘मङ्गलसिंह स्मृति छात्रवृत्ति अक्षयकोष–२०७२’ मा थप गरी १ लाख १ हजार १ सय १ रुपैयाँ पु¥याएका हुन् । मङ्गलसिंह र शुभद्रा लालबहादुरका बुवाआमा हुन् ।

यस अघि २० हजार रुपैयाँ कोष थियो । उक्त अक्षयकोषको व्याज रकमबाट प्रत्येक वर्ष कक्षा ८ र ९ बाट उत्तीर्ण उत्कृष्ट दलित विद्यार्थी १ छात्र १ छात्रासहित ४ जना विद्यार्थीलाई छात्रवृत्ति (जिन्सी सामाग्री) प्रदान गरिनेछ ।

लालबहादुर कक्षा ८ सम्म उक्त विद्यालयमा अध्ययन गरेका थिए । आफूले अध्ययन गरेको विद्यालयमा उनले अक्षयकोष स्थापना गरेका हुन् ।लालबहादुर पेशाले सरकारी इन्जिनियर  समेत हुन् । उनको परिवार प्राय सरकारी कर्मचारी छन् । 

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved