समाचार

    Showing 2,161-2,170 of 8,407 items.
  • देश बनाउन एमालेको एकल बहुमत आवश्यक:ओली

    भोजपुर/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए । उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । ओलीले भने, ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’ ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवा

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल प्रहरी श्रीमती संघद्वारा लत्ता कपडा तथा स्टेनशरी बितरण

    बिराटनगर/  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा मंगलबार मोरङको बिराटनगर महानगरपालिका १२ दरैयामा विपन्न वर्गलाई लत्ता कपडा तथा स्टेशनरी विरतण गरेको छ । सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको हो । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनरी बितरण गरीएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा रहेको थियो । &n

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले संकल्प यात्राको टोली भोलि धनकुटा आइपुग्ने, यस्ता छन् कार्यक्रम

    धनकुटा/  नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली भोलि धनकुटा आइपुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा आइपुग्न लागेको हो । नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । संकल्प यात्राको टोलीलाई भोलि बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजु

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एशियनद्वारा बिमितलाइ मृृत्युदाबी भुक्तानी

    धरान/ एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको धरान शाखाले बराहक्षेत्र ३ का राम बहादुर राईको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको छ । राई बैदेशिक रोजगारको सिलसिला दुवईमा रहदा मृृगौला फेल भई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको उपचारको क्रममा गत असार २१ गते मृत्यु भएको थियो । उनकी श्रीमती माया राईलाई ५ लाख ५० हजार ६ सय ७८ रुपैयाको चेक एक कार्यक्रमको आयोजना गरि धरान शाखाका प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आचार्य, व्यवसाय प्रबन्धक भिम श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तण गरेको थिए । मृतक श्रेष्ठले २ वर्ष अघि बार्षिक धन लाभ योजनामा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीलाई प्रहरीद्वारा पक्राउ

    सुनसरी/ कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादीले गरेको कोशी प्रदेश बन्दको चेतावानी दिएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेको अभियान कोशी प्रदेश प्रवेश गरे सँगै पहिचानवादीले बन्दको घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पछि रिहाइको माग गर्दै थप आन्दोलनको चेतावनी पनि दिएका छन् । आन्दोलनका क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती लगायतका पहिचानवादी नेताहरूलाई तत्काल रिहा गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 540 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उत्तेजनामा होइन, औचित्य पुष्टि गर्नुपर्छ : केपी ओली

    सुनसरी/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाएका छन् । मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’ उनल

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड्समा “नेटिभा अवार्ड”

    धरान/ नेपालका राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित नेपाली फिल्म ‘नो विन्टर होलिडेज’ (२०२३) लाई नेटिभा अवार्ड प्रदान गरिएको छ । जहिल्यै एक–अर्कासँग झगडा गर्दै बस्ने दुस्मनहरु कसरि हिउँले घेरिएको गाउँमा सँगै बस्न बाध्य छन् भनेर यस वृत्तचित्रमा देखाइएको छ । वृतचित्रको बारेमा प्रशंसा गर्दै जूरीले भनेका छन्, “यो वृत्तचित्रले तपाइलाई एक रोमान्चक संसार तर्फ यात्रा गराउँछ । थोरै शब्दहरू, लामो शटहरू, र मौसम परिवर्तनका सुन्दर दृश्यहरुले यसलाई काल्पनिक भन्दा पनि अनौठो सत्य कथा जस्तै बनाएका छन् । नो विन्टर होलिडेज सांस्कृतिक रूपमा आलोचनात्मक र स्पष्ट रूपमा सुन्दर छ ।&rsq

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिद्धि नेवा:परिषदले बार्षिकोत्सव मनायो

    धरान/  समाजका विभिन्न क्षेत्रमा योगदान दिने नेवारी समुदायका व्यक्तित्वहरुलाई सिद्धि नेवा: परिषद् धरानले सम्मान गरेको छ । परिषद्ले आफ्नो १७ औ बार्षिकोत्सव तथा दानबीर सिद्धिमान पलिखे र महालक्ष्मी पलिखेको १६० औं जन्म जयन्तिको अवसर पारेर सम्मान गरिएको हो । धरान ७ मा रहेको सिद्धि नेवा:परिषदकै भवनमा आयोजित कार्यक्रममा समाजमा सामाजिक कार्यमा योगदान पुर्‍याउने, पत्रकारिता क्षेत्रबाट समाजलाई योगदान दिनेलाई सम्मान र नेवारी समुदायबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । सम्मानित हुनेहरुमा सामाजिक कार्यमा योगदान पुर्‍याउने श्रीमति राधादेवी श्रेष्ठ र

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीमा नेपालकै पहिलो थ्रिडि एनलाइसिस ल्याब स्थापना

    धरान/ जेनेभा यूनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत नेपालकै पहिलो थ्रिडि चाल विश्लेषण ल्याब स्थापना गरिएको छ । जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई ल्याब सम्बन्धी तालिम प्रदान गरेका थिए । टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए । कतिपय मानिसहरुको सेरेब्राल पाल्साइका कारण, विभिन्न शल्यक्रिया वा अन्य हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाईको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मान

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक संजाल मार्फत बदनाम गराउन खोजेको भन्दै एमालेको आपत्ति

    धरान/ केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयलाई लिएर नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगर पालिकाकी निवर्तमान उप प्रमुख मञ्जु भण्डारी माथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै लगाएका आरोपहरू प्रति ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जालमा आएर गलत कुरा बोल्दै समाजलाई समेत दिग्भ्रमित पार्ने फोहोरी मानसिकता बोकेर प्रत्यक्ष सरोकार नभएको विषयमा भ्रष्टाचार गरेको भनी पार्टी र पार्टीका नेतालाई जोडेर गरिएका टिप्पणी माथि आपत्ति जनाउँदै सोमबार नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङद्वारा हस्ताक्षरित विज्ञप्ती जार

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved