कोशी प्रिमियर लिग: उपाधि यात्रामा चार टिम, सुपरलिगमा फुटबलको महाभिडन्त!

  • फागुन ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको समूह चरण सकिएसँगै उपाधि होड थप रोमाञ्चक बनेको छ।

आयोजक कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै सुपरलिग खेल तालिका सार्वजनिक गरे।

११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको लिगमा चार समूहबाट शीर्ष चार टिम सुपरलिगमा प्रवेश गरेका छन्। समूह ए बाट पाँचथर युनाइटेड,बी बाट गाईघाट फुटबल क्लब(उदयपुर),सी बाट देउराली युथ क्लब (धनकुटा), रडी बाट बुइपा–११ (खोटाङ) अन्तिम चरणमा प्रवेश गरेका हुन्।

तालिका अनुसार फागुन ४ गते बुइपा–११ र पाँचथर युनाइटेड भिडन्त गर्नेछन्, भने दोस्रो खेलमा गाईघाट एफसी र देउराली युथ क्लब आमनेसामने हुनेछन्।

६ गते र ८ गते पनि महत्त्वपूर्ण खेलहरू हुनेछन्, जसले उपाधि यात्रालाई थप रोमाञ्चक बनाउनेछ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार, तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार हात पार्नेछन्।

लिगको शीर्ष दुई टोली राष्ट्रिय लिग छनौटका लागि अन्तरप्रादेशिक लिग खेल्नेछन्।

फागुन ८ गतेसम्म चल्ने यो प्रतियोगिता धरानको फुटबल माहोललाई तताउने निश्चित छ।

अब हेरौं, कोशी प्रदेशको प्रिमियर लिग च्याम्पियन बन्ने गौरव कसले हासिल गर्छ !

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved