एमालेको जरा अभियानका लागि अभिमुखिकरण उद्घाटन

  • फागुन ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा ९एमाले० ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेले इटहरीमा अभिमुखिकरण गर्दैछ ।

WhatsApp Image 2025-02-16 at 12.57.56
आज (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो ।

प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टी केन्द्रीय सदस्य जगदिश कुसियतले समेत विचार प्रस्तुत गर्नुहुने कार्यक्रम रहेकोछ ।कार्यक्रम अपरान्ह साढे १२ बजेबाट सुरु भएको छ, अभिमुखिकरण ३ घण्टा सञ्चालन हुनेछ ।

मुख्यगरी अबको २५ वर्षमा पार्टी सय वर्ष पुग्नेछ त्यसबेला नेपाललाई समृद्ध बनाउने र त्यसका लागि अब आउने २०८४ लगायतका तीन तहकै सरकारमा एमालेको बहुमत सरकार बनाउने र एमालेलाई राष्ट्रिय शक्तिका रुपमा निर्माण गर्ने पार्टीको गत २०८१ बैशाख ८ देखि १० गतेसम्म सम्पन्न प्रतिनिधि परिषद् बैठकका दुई निष्कर्षहरुलाई कार्यान्वयन गर्न यतिवेला एमाले जरा अभियानमा केन्द्रित रहेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved