युवा पुस्ताका ढुकढुकी जोन चाम्लिङ आज एक्स्पोमा

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् ।
धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् ।

धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र जोनलाई सुनेर हेरेर धरानेहरु कहिल्यै नअघाउने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आफुले धरानमा धेरै सांगीतिक कार्यक्रमहरु गरिरहेको भएपनि हरेक पटक जोनको माग भइरहेको उनले बताए । श्रेष्ठले भने जोनका हरेक गीतहरुले युटुवमा लाखौँ भ्युज पाइरहेको बताए ।

जोनकोे “हावा जस्तै, फर्कन्न होला, निहिता, साधना, मुटुदेखि” जस्ता गीतहरुले युटुवमा मिलियन भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved