पाथीभरामा गुराँसका रूख काटिन थाल्यो

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ करिब तीन सय बर्ष अघिदेखि हुर्काइएका गुराँसका रुखहरु फुल्ने सिजनमै केबलकार निर्माण कम्पनीले धमाधम कटान थालेको छ ।

प्राकृतिक रुपमा महत्व बोकेका यस्ता ऐतिहासिक रुखहरु विकासका नाममा धमाधम कटान हुँदा पहिचानवादी बाहेक अन्य सरोकारवालाहरु मौन बसेका छन् ।

सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिए लगत्तै केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। रुख कटानसँगै सरकार बल प्रयोग गरेरै अब अगाडि बढ्ने बुझिएको छ ।

बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ।

यसअघि गत जेठको पहिलो हप्ता ८० प्रतिशत रूख कटान गरेको थियो। वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो।

तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रूख कटान गरिएको कम्पनीले जनाएको छ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठूला रूख २१ सय १४ वटामा टाँचा लगाइएको थियो। ठूला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रूख कटान हुने उल्लेख छ। यस्तै बटम स्टेसनको काम पनि जारी रहेको कम्पनीले जनाएको छ।

यता प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले अवस्थाको मध्यनजर गर्दै सुरक्षाको व्यवस्था गरिएको बताएका छन । यस्तै केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले आफूहरूमाथि राज्यले अन्याय गरेको बताए ।

वार्तापछि समितिले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अब कुनै पनि शर्तमा नरोकिने बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved