समाचार

    Showing 2,071-2,080 of 8,404 items.
  • बिपी प्रतिष्ठानमा विद्यार्थी कोटा थपिने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

    धरान/  आउँदो शैक्षिक सत्रबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका छन् । प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले भने, “पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको पाइएको छ । त्यसैले आउँदो शैक्षिक सत्रबाट कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने छ ।” मन्त्री बस्नेतले प्रतिष्ठान धरानको मात्र प्रतिष्ठा नभई एसियाकै ठुलो अस्पताल रहेकाले नेपालकै प्रतिष

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

    धरान/ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान र प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रदान गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो । लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–सङ्गीतका साथै कथा, कविता, उपन्यास, संस्करण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीवृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत कटौती प्रति विराटनगरका तिन उद्योग संगठनको आपत्ति

    विराटनगर/ लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाईन काटिएको सम्वन्धमा विराटनगरका तिन वटा व्यवसायीक संगठनहरुले आपत्ति जनाएका छन् । विराटनगरका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै उद्योगहरुको विद्युत आपुर्ति काटिएकाले ध्यानाकर्षण भएको जनाएका छन् । उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? विज्ञप्ती मार्फत प्रश्न गरेका छन् । विज्ञप्तीमा लेखिएको छ, &l

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तातो खोलेमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

    झापा/ तातो खोलेमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाको उपचारको क्रममा मृत्यु भएको हो ।पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिएपनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताए ।

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निगाले सिमेन्ट उद्योग बन्द

    धनकुटा/ आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौँ रुपियाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेका कारण सुरुवातदेखि नै चिसोका कारणका तीन सय टन उत्पादन क्षमता

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसदको निर्माण कम्पनीलाई कार्वाहीको तयारी

    विराटनगर/ नेपाली काँग्रेसबाट निर्वाचित सांसद रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कोशी प्रदेश सरकारले कारवाहीको तयारी थालेको छ । सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको थियो । सोही अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा सडक निर्माणको ठेक्का लिएको कान्छाराम कन्ट्रक्सनलाई कारवाहीको तयारी थालेको हो । पटक–पटक ताकेता गरेपनि काम नभएपछि मन्त्रीस्तरीय अनुगमन गराएर ठेकेदारलाई अल्टिमेटम दिएको पुर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठले बताए ।

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राज्यको निकाय मौन बसेको भन्दै एमालेको ध्यानाकर्षण

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यको सम्बन्धित निकाय मौन बसेको भन्दै नेकपा एमाले धरान नगर कमिटीले ध्यानाकर्षण गराएको छ । मेयर राईले कार्यकक्षबाट कार्यपालिकामा कुनै छलफलको विषय प्रवेश नगरि नगराई राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यका सम्बन्धित निकायहरु समेत वेखवर जस्तै भई मुखदर्शक भएको बुधबार विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संविधानले गरेको व्यवस्था बमोजिम स्थापित संस्था र उक्त पदमा बसेका व्यक्तिले त्यही संविधान तथा प्रचलित कानुन विरुद्ध गरेका कार्यहरू नैतिकता माथिका गम्भीर प्रश्न र

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 352 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादकै बिच धरान डे मनाउने तयारी

    धरान/ धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्तिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए । धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर राईले गरेका छन् । ‘धरान उत्सव –२०८०’ को प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ । स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयोवृद्ध ज

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 875 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हात्ती आतंक रोक्न सरकार प्रतिबद्ध : मन्त्री उप्रेती

    विराटनग/ हात्ती आतंकले प्रताडित बनेका कोशी प्रदेशका किसान तथा स्थानीयलाइ राहत दिन सरकार प्रतिबद्ध रहेको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ बताएका छन् । विगत केही महिना देखि झापा, मोरङ, सुनसरीमा हात्ती आतंक बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट आएका हात्ती फर्कने बाटो भुले पछि झापा, मोरङ, सुनसरीमा हात्ति आतंक बढ्दै गएको हो । मन्त्री उप्रेतीले मंगलबार प्रदेशसभामा शून्य तथा विशेष समयमा मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै हात्तीले निम्त्याएको प्रकोपका विषयमा सरकार गम्भीर भएको बताएका हुन् । सरकारले तत्कालै हात्ती करिडोर क

    • प्रकाशित मितिः पुस १८, २०८०
    • 328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा फोटो विवाद बढ्दै मेयरको अडान कायमै, दलको तिन दिने अल्टिमेटम

    धरान/ राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो कार्यकक्षबाट निकालेर राष्ट्र प्रतिको सम्मानमा आँच पुर्याउने काम गरेको भन्दै धरानका ५ राजनितिक दलका जनवर्गिय संगठनहरुले तस्विर पुनः राख्नु पर्ने माग गरे पनि धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले अटेर गरेका छन् । राईको कार्यकक्षमै पुगेर दलका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो यथास्थानमै राख्दै राष्ट्र प्रति सम्मान गर्न आग्रह गरेका थिए । छलफलमा राईले राष्ट्रप्रमुख वा प्रधानमन्त्री धरान डे मा आउने पक्का भए मात्रै पुनः तस्वीर लगाउने अडान लिए पछि तिन दिनको अल्टिमेटम दिएर संगठनहरु बाहिरिएका थिए । ग

    • प्रकाशित मितिः पुस १८, २०८०
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved