वराहक्षेत्र मेयर लिग कप: वडा नं ५ सेमिफाइनलमा प्रवेश संगम बिष्ट

  • फागुन २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय "वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड" फुटबल प्रतियोगितामा वडा नं ५ सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा वडा नं ५ ले वडा नं ४ लाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। समुह ‘बि’ बाट बिजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेको वडा नं ५ ले समूह ‘सि’ बाट तेस्रो हुँदै क्वाटरफाइनल पुगेको वडा नं ४ लाई पराजित गरेको हो।

सेमिफाइनल समीकरण

बिजयसँगै वडा नं ५ अब फाइनल प्रवेशका लागि वडा नं १ र वडा नं ९ को बिजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। वडा नं १ समूह ‘ए’ को दोस्रो टोली हो भने वडा नं ९ समूह ‘बि’ बाट दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

म्यान अफ द म्याच: पामस तामाङ

खेलमा उत्कृष्ठ प्रदर्शन गरेका वडा नं ५ का पामस तामाङ "म्यान अफ द म्याच" घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे।

तेस्रो क्वाटरफाइनल बिहीबार

प्रतियोगिता अन्तर्गत बिहीबार हुने तेस्रो क्वाटरफाइनलमा समूह ‘बि’ को तेस्रो टिम वडा नं ८ र समूह ‘सि’ को बिजेता टिम वडा नं २ बीच प्रतिस्पर्धा हुनेछ।

खेलाडी उत्पादन गर्ने अभियान

नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा नं ७, देविघाटस्थित बसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको छ।

प्रतियोगिताले "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नारालाई आत्मसात् गरेको आयोजक समितिले जनाएको छ।

1741175510044 1741175504235 1741175514415

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved