विवाहित जोडी एउटै रुखमा झुन्डिए

  • फागुन २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक विवाहित जोडी झुन्डिएको अवस्थामा मृत फेला परेको छन् ।

मंगलबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्। अजय पथरीशनिश्चरे–५ निवासी हुन् भने जुबामुनीको घर झापाको गौरीगन्ज गाउँपालिका–२ र माइती मोरङको कटहरी गाउँपालिका–६ हो ।

घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ। जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। उनी घर वा माइतीमा बस्ने गर्थिन् भन्ने अझै स्पष्ट भएको छैन।

डीएसपी मोहनविक्रम दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अजयले आइतबार राति जुबामुनीलाई आफ्नो घर ल्याएको खुल्न आएको छ। राति खाना खाएपछि उनीहरू निस्किएका थिए।

सोमबार बिहान पिठारीको रुखको एउटै हाँगामा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
अजयको घरमा उनकी श्रीमती तथा ४ र २ वर्षका दुई छोरा छन् भने जुबामुनीका डेढ वर्षका छोरा रहेको जानकारी दिइएको छ। प्रहरीले दुवै जनाबीच प्रेम सम्बन्ध रहेको हुनसक्ने आँकलन गरेको छ।

‘घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूले आपसी समझदारीमा आत्महत्या गरेको देखिन्छ। तथापि, विस्तृत अनुसन्धानपछि मात्र यकिन निष्कर्ष निकाल्न सकिन्छ,’ डीएसपी दाहालले बताए।

हाल शव पोस्टमार्टमका लागि पठाइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

rr

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved