एपीएफ क्वाटरफाइनलमा, भारतका दुवै टिम बाहिरिए

  • फागुन २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ रमपम विराट गोल्डकपको दोस्रो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भारतको दिल्ली सुदेवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो।

भारतबाट सहभागी भएका दुईमध्ये कोलकाता फुटबल क्लब पहिलो खेलमै मोरङसँग पराजित भई बाहिरिएको थियो भने दिल्ली सुदेवा पनि दोस्रो खेलमा पराजित भई बाहिरियो।

यसअघिका संस्करणहरूमा भारतीय टोलीहरू सेमिफाइनलसम्म पुग्ने गरे पनि यस पटक दुवै टोली पहिलो खेलमै पराजित भए।

उद्घाटन खेलमा मोरङ फुटबल एकेडेमीले कोलकाता क्लबलाई ३-२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

बुधबार(आज) मोरङ र आर्मी भिड्ने

1741139631940

बुधबार(आज) हुने पहिलो क्वाटरफाइनल खेलमा मोरङ फुटबल एकेडेमी र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता नेपालकै पुरानो गोल्डकपमध्ये एक हो।

सन् २०१८ मा स्थापना भएको प्रतियोगिता पहिले महेन्द्र गोल्डकपका रूपमा परिचित थियो। गणतन्त्र आएपछि नाम परिवर्तन गरी विराट गोल्डकप राखिएको हो।

प्रतियोगितामा नेपालका ८ र भारतका २ टिम सहभागी थिए।

नेपाली क्लबहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मछिन्द्र क्लब, थ्री स्टार क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब, र मोरङ ११ रहेका छन्।

दर्शकलाई विशेष छुट

बिजेताले ११ लाख रुपैयाँ र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँको टिकट काट्ने दर्शकलाई विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरिएको संयोजक नवीन रिजालले जानकारी दिए।

टिकट किन्नेलाई स्वास्थ्य सेवा, किराना सामान, मोटरसाइकल टायर खरिद, रेस्टुरेन्ट लगायत क्षेत्रमा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुने बताइएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved