समाचार

    Showing 1,791-1,800 of 10,004 items.
  • बाढीले निर्माणाधीन पुल भत्कायो

    उदयपुर/ बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ। सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए। ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बन

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिएमजेको चोत्लुङ पार्कःप्रदेशकै पर्यटकीय गन्तव्य

    धरान/ कोशी प्रदेशकै एक मात्र लाली गुरासको राजधानी तीनजुरे, मिल्के र जल्जले )टिएमजे)को प्रवेशद्वारमा रहेको चोत्लुङ पार्क कोशी प्रदेशकै ४२ औं स्थानको गन्तव्य स्थल बनेको छ । गुरासको राजधानी टिएमजे प्रवेश गर्ने तेह्रथुमको लाली गुरास नगरपालिकाको बसन्तपुरमा बनेको यो पार्क लिम्बू सँस्कृतिलाई झल्काउने ढुंगैढुगाबाट बनेको पार्क हो । कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरहँदा पर्यटक भित्र्याउन यस्ता भौतिक संरचना आवश्यता पर्दछ, यो पार्क पर्यटक तान्ने एक माध्यम बनेको छ ।कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरँदा टिएमजे क्षेत्रलाई केन्द्रविन्दु बनाएर तेह्रथुमको तीनजुरेमा उद्घाटन कार्यक्रम गर्दैछ । लाली

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजनेस एक्स्पोको आय व्यय सार्वजनिक

    धरान। सुनसरीको धरानमा नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले आयोजना गरेको १५ दिने विजनेस एक्स्पो २०८१ को आय व्यय सार्वजनिक गरेको छ । विहीबार महासंघले पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको हो । आयोजक महासंघका अध्यक्ष शिवराज श्रेष्ठले पत्रकार सम्मेलनमा एक्स्पो अवधिभरी ५ करोड बराबरको कारोबार भएको बताए । श्रेष्ठले भने,“एक्स्पो अवधीभरीमा आम्दानी तर्फ रकम ६९ लाख ३२ हजार ५७० रुपैयाँ आय भएकोमा खर्च कटाएर कुल २ लाख ५८ हजार ८८५ रुपैयाँ बचत भएको आयव्यय पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । आयमा सबैभन्दा बढी गेट टिकटबाट कुल ३१ लाख ४९ हजार ५७० रुपैयाँ सङ्कलन भएको छ भने प्रदेश सरकारबाट १० ल

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 824 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हसाउँँदा हसाउँदै नायक बनेका इसारा हङकङमा किन जाँदैछन् ?

    धरान ।गणेश ईसारा मुलतः हास्य कलाकारको रुपमा बषौदेखि पहिचान बनाएका कलाकार हुन् । उनले राष्ट्रिय कलाकारको रुपमा ओझिलो नाम बनाई सकेका छन् । नाम गणेश इसारा,दीन दुखीको साहरा भने झै उनी कलाकारिताको माध्यमद्धारा भएको आम्दानीलाई दीन दुखी गरिब र विरामी अनि असक्तको लागि खर्च गर्दै आइरहेका छन् । अरुलाई सहयोग गर्नु कलाकार इसाराको विशेषता नै हो । उनको यही कारणले देश विदेशमा भ्याई नभ्याई हुने गर्दछ। काठमाण्डौ रहेर पनि विदेश दौडाहमा कलाकार इसाराको समय व्यतित हुने गर्दछ । यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि फेरी जाँदैछन् ।बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजना

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 983 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापा र मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    विराटनगर/  झापा र मोरङ जिल्लाको दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चैत्र २७ गते बिहान ७ बजे झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको हो। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ घर भई हाल बालुबथानमा बस्दै आएकी ५४ वर्षीया दूधकुमारी लावतीलाई भान्साकोठा छेउमा चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ। त्यसैदिन दिउँसो १२स्३० बजे मोरङको कानेपोखरी गाउँपालिका–१, होक्लाबारीस्थित मामाघर आएका १२ वर्षीय आविष्कार बराललाई वर्षासँ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भेटिएको शवको रहस्य: चोटपटकसहित फेला परेकी महिलाको पहिचान खुल्यो

    धरान/  धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार मृतकको पहिचान हाल इटहरी–२, हलगडामा बसोबास गर्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका–२ माइती भएकी ३४ वर्षीया चुन कुमारी  दाहालका रूपमा खुलेको छ। शव फेला परेको स्थानमा गरिएको प्रारम्भिक अनुसन्धानमा आपराधिक संलग्नताको आशंका गरिएको छ। घटनास्थलमा पुगेका प्रहरीका अनुसार महिलाको शरीरमा चोटपटक देखिएको छ भने कपडा पनि अव्यवस्थित अवस्थामा थियो। शव केही मिटर घिसारिएको जस्तो देखिएको छ भने अनुहारमा समेत चोट लागेको पाइएको छ। यद्यपि, घटनास्थलमा

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 3,549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सियोन स्कुलमा अभिभावक दिवस, दीक्षान्त समारोह तथा नतिजा प्रकाशन सम्पन्न

    धरान/ धरान-१६ स्थित सियोन स्कुलमा बुधबार अभिभावक दिवस, दीक्षान्त समारोह तथा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिँदा विद्यालय उत्सवमय बनेको थियो। विद्यार्थीहरूको रंगारंग प्रस्तुति, गर्विला दीक्षान्त क्षण र अभिभावकहरुको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रममा एसकेजीका ६२ जना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको थियोे । प्रमुख अतिथि नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा तथा समन्वय इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदी, स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्ग बाहादुर मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित ग

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको भानुचौकमा यातायात मजदुरहरुसंग सडक सम्बाद

    धरान/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले यातायात मजदुरहरुसंग सडक सम्बाद गरेको छ ।  मंगलबार र बुधबार विहान र साँझको समय भानुचोक बसपार्कमा मजदुरहरुलाई भेटेर सम्बाद संगसंगै ८१ जना यातायात मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यता वितरण गरिएको छ । मजदुरहरुले सडकमा सामना गर्नुपर्ने समस्याहरु, व्यवसायजन्य स्वास्थ्य, पेशागत संकटहरुका बारेमा सम्बाद गरिएको हो । सम्बादमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरानका पूर्व अध्यक्ष कमल भट्टराई, धरान नगर अध्यक्ष किरण थापा लगायतका नेताहरु संलग्न रहेका थिए । 

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी मन्टेश्वरीको १२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    धरान/ धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टरको १२औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्थानिय याख्खा भवनमा सम्पन्न उक्त समारोह सेन्टरका अध्यक्ष ज्ञानदीप लिम्बुको अध्यक्षतामा र धरान १६ का वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहको अवसरमा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आकर्षक नृत्य र गीतमार्फत सांस्कृतिक प्रस्तुति दिएका थिए भने नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगात्मक सामग्रीहरूको प्रदर्शनी

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 1,159 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेह्रथुमको तीनजुरेबाट सुरु भयो कोशी प्रदेश पर्यटन वर्ष २०८२

    सुनसरी/ कोशी प्रदेशको पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत "पर्यटन वर्ष २०८२" को औपचारिक शुभारम्भ बुधबार तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रको आरआर गार्डेनमा सम्पन्न भयो। शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विशेष उपस्थितिमा उद्घाटन गर्दै पर्यटनले स्थानीय अर्थतन्त्र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। सिंहले कोशी प्रदेशका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाको उपयोग गर्दै समृद्धिको बाटोमा जग हाल्नुपर्नेमा जोड दिनुभयो। तीनजुरे क्षेत्रलाई विशेष महत्व दिँदै आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved