'मिसेस स्टेट २०२५ सिजन थ्री' का प्रतिस्पर्धीका अभिभावकसँग अन्तरक्रिया सम्पन्न बिकास चाम्लिङ राई

  • वैशाख २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा यही जेठ १७ गते हुने 'मिसेस स्टेट २०२५ सिजन थ्री' कोशी प्रदेशअन्तर्गत प्रतिस्पर्धी महिलाहरूका अभिभावकसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

धरान–९ स्थित बगैचा रेष्टुरेन्टमा सोमबार सम्पन्न ‘प्यारेन्ट्स मिट’ कार्यक्रममार्फत अभिभावक तथा प्रतिस्पर्धीहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। समूहकी अध्यक्ष सुजता श्रेष्ठका अनुसार अभिभावक र सहभागीबीच कार्यक्रमको उद्देश्य तथा संरचना स्पष्ट पार्ने लक्ष्यले अन्तरक्रिया गरिएको हो।

“धेरैजसो अभिभावक तथा सहभागीले कार्यक्रमबारे धेरै कुरा बुझ्न चाहिरहेका हुन्छन्, उनीहरूको जिज्ञासाको समाधान गर्न र स्पष्ट जानकारी दिनकै लागि यो मिट आयोजना गरिएको हो,” अध्यक्ष श्रेष्ठले बताइन्।

कार्यक्रममा समूहकी सचिव ज्योति राईले बुधबारदेखि सुरु हुने तीन हप्ते प्रशिक्षण शिविरको जानकारी दिइन्। धरान–९ स्थित इनलाइट फिटनेस हलमा कोरियोग्राफर डिजे ललित राईले प्रशिक्षण दिने बताइएको छ।

प्रतिस्पर्धीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमा विभिन्न विषय समेटिनेछ — जसमा नयाँ संविधानअन्तर्गत महिला अधिकार, सशक्तिकरण, लैंगिक समानता, महिला उद्यमशिलता, प्राथमिक उपचार, उद्घोषण कला, पत्रकारिता र फोटोग्राफी, टेबल शिष्टाचार, फिटनेस, आत्मरक्षा, पर्यटन प्रवर्द्धन, अर्गानिक कृषि, मेकअप, र्यामवाक तथा क्याटवाक लगायतका प्रशिक्षण दिइनेछ।

मिसेस स्टेट २०२५ सिजन थ्रीमा २४ जना प्रतिस्पर्धीले सहभागिता जनाउनेछन्। विजेताले नगद रु. ५१ हजार, क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर, फ्री क्रञ्च फिटनेस कार्ड तथा एक वर्षको जीवन बीमा प्राप्त गर्नेछ। फस्ट रनरअपले रु. २५ हजार र सेकेन्ड रनरअपले रु. १५ हजार नगदसहित अन्य उपहारहरू प्राप्त गर्नेछन्।

कार्यक्रममा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस बेस्ट वाक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, बेस्ट ड्रेस, मिसेस एक्टिभ र पिपल्स च्वाइसजस्ता शीर्षक अवार्डसमेत प्रदान गरिनेछ।

प्यारेन्ट्स मिट कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, समूहकी सहसचिव छाया श्रेष्ठ, सदस्यहरू हरि मादेन, विनिता आचार्य, लायन्स लिडर टंक गुरुङ लगायतको उपस्थिति रहेको थियो।

‘मिसेस स्टेट २०२५ सिजन थ्री’ को ग्रान्ड फिनाले जेठ १७ गते शनिबार धरान–१६ स्थित गुरुङ बिबिक्यु पार्टी प्यालेसमा हुने छ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved