समाचार

    Showing 1,491-1,500 of 10,127 items.
  • 'किसानलाई ऋण होइन अधिकार चाहिन्छ’ झापाको मेचीनगरले ल्यायो क्रेडिट कार्ड योजना

    झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थानीय किसानको जीवन सहज बनाउन ‘किसान क्रेडिट कार्ड’ लागू गर्ने घोषणा गरेको छ। नगरका किसानलाई उत्पादनमा लाग्ने मल, विउँजस्ता सामग्री किन्न सजिलो होस् भनेर आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रममा क्रेडिट कार्ड योजना समावेश गरिएको हो। मंगलबार सम्पन्न मेचीनगरको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहित १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको बजेट प्रस्तुत गर्दै किसानमैत्री यो योजना सार्वजनिक गरेकी हुन्। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका किसानले के उत्पादन गर

    • प्रकाशित मितिः असार ११, २०८२
    • 805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ कारागारमा लागुऔषध मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु

    विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल बुढीगंगामा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । लामो समयदेखि अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७ः५० बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उवासंघको चुनाबी सरगमी बढ्यो नेतृत्वको लागि शिवराज र गोपालको चर्चा शुरु

    धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनाबी सरमगी बढ्न थालेको छ । संघका अध्यक्ष विजय श्रेष्ठले नेतृत्व गरेको पदाधिकारीको समय अवधी समाप्त हुने र विधानतह नयाँ नेतृत्व चयन गर्नु पर्ने भएकाले संघले यही असार ३० गते नयाँ नेतृत्वको चुनावको लागि तय सुरु गरि मतदाता नविकरण गर्ने कार्यलाई तीब्रता दिदैं चुनावी तयारी गरेको छ । चुनाबी तयारीसँगै नयाँ नेतृत्वको लागि होडबाजी पनि शुरु भइसकेको छ । बर्तमान कार्य समिति प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निवर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको चर्चा सुरु बढेर गएको छ ।यी दुई उम्मेद्धवारवीच नै टकराव हुने लगभग निश्चित छ ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • 1,382 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगर बजेट ल्याउन असफल,कहिले आउँछ नयाँ बजेट ?

    धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट  ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन । मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन। राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो । यता बजेट तर्जुमा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको घुँडा सफल अप्रेसन,कृतिम घुँडा प्रत्यारोपण

    धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन शल्यक्रिया गरी कृत्रिम घुँडा प्रत्यारोपण गर्ने कार्य सफल भएको छ ।चिकित्सकीय भाषामा ‘पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ । मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा. जनक दास कथवनियाको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट पीडित थिइन्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 2,573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए आयुवेर्दिक औषधी

    विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन । विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आर्युबैदिक औषधी उत्पादन गरेका हुन । भारतको पतन्जली आर्युबेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समुहले आफनै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स , बाम , सन्चो जस्तै चार प्रकारका गुणस्तरिय औषधी उत्पादन गरेका हुन । आफन

    • प्रकाशित मितिः असार १०, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगर महानगरको ४ अर्ब ४० लाखको बजेट सार्वजनिक

    विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेट अनुसार प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु वर्षका बाँकी भुक्तानीमा ८ करोड र बहुवर्षीय आयोजनाको भुक्तानीका लागि ७० करोड छुट्याइएको छ । सडक पूर्वाधार र बस्ती विकास तथा नगरस्तरीय योजना लगायत पूर्वाधार विकासतर्फ मात्र १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडास्तरीय योज

    • प्रकाशित मितिः असार १०, २०८२
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रतिष्ठानलाई छाता ऐनमा लैजान एमाले धरानको असहमति ,स्वायत्त विश्व विद्यालय बनाउन माग 

    धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वायत्त विश्व विद्यालय बनाउन माग गरिएको छ ।    नेकपा एमाले धरान उमहानगरकमिटीले आज एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले देशैभरका प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरहेका बेला उक्त ऐनबाट धरानको वीपी प्रतिष्ठानलाई उक्त ऐनबाट हटाएर स्वायत्त विश्व विद्यालय बनाउनको लागि माग गरेको हो ।   पार्टी अध्यक्ष हर्कराज एभेङद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘वीपी प्रतिष्ठान नेपालमा नै प्रमाण पत्र तहको चिकित्सकीय अध्ययन गर्ने पहिलो प्रतिष्ठान हो।आज प्रतिष्ठान देशका लागि मात्र नभएर अन्राष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय चिकित

    • प्रकाशित मितिः असार १०, २०८२
    • 804 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अमरवस्ती सेतोपुलका बाढिपीडितको गुनासो:धरानका मेयरले सहयोग गरेनन्

    धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको असरबाट धरान १३ स्थित अमर वस्ती सेतोपुल आसपासका वासिन्दाहरुको जनजीवन कष्टकर बनेपछि सवन्धित निकायले वस्ती जोगाउन पटक पटक माग गरे पनि सुनुवाई नभएपछि एक महिना अघिदेखि त्यहाँका बाढी प्रभावित वासिन्दा जन सहभागितामा वस्ती जोगाउन लागि परेका छन् । बाढीले घर परिवार विस्थापित हुने अवस्था रहेपछि त्यहाँका स्थानीयवासिन्दाहरुले नियमित रुपमा विहान ७ बजेदेखि ११ बजे सम्म र दिउँसो १ बजेदेखि साँझ ५ वजे सम्म जनसहभागिता मार्फत काम गरिरहेको अमरमार्ग सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुवास राईले बताए । उनका अनुसार गत बर्ष असोज १३ गते आएको बाढीले ८५ घरपरिवार

    • प्रकाशित मितिः असार १०, २०८२
    • 1,059 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ मा महिलालाई आत्मनिर्भर बनाउन व्युटिसिएन तालिम

    धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयले सौन्दर्य सम्बन्धी तालिम सञ्चालन गरेको छ । वडाले विगतदेखि नै महिला लक्षित तालिमहरु सञ्चालन गर्दै आएको भए पनि पछिल्लो समय महिलाहरुको माग अनुसार सौन्दर्य (व्युटीपार्लर) तालिम सुरु गरिएको हो । वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार तालिममा ५० भन्दा बढी महिलाहरु सहभागी छन् । प्रशिक्षित व्युटिसियन बन्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ महिलाहरुले तालिममा सक्रिय सहभागिता जनाइरहेका छन् । तालिम एक महिनाको अवधिको हुनेछ । दक्ष प्रशिक्षकबाट व्यावसायिक ढंगले तालिम दिइँदैछ । दलित महिला

    • प्रकाशित मितिः असार १०, २०८२
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved