समाचार

    Showing 1,431-1,440 of 10,127 items.
  • २४ वर्ष कैद सजाय पाएका फरार अभियुक्त सुनसरीबाट पक्राउ

    इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्धामा २४ वर्ष ८ महिना १५ दिनको कैद सजाय तोकिएका फरार अभियुक्त पप्पु यादव पक्राउ परेका छन्। जिल्ला अदालत सुनसरीको २०८१ भदौ २५ गतेको फैसलाअनुसार सजाय तोकिएका यादव लामो समयदेखि फरार थिए। जिल्ला सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी त्रिभुवन यादवका २५ वर्षीय छोरा पप्पु सिंह भन्ने पप्पु यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८२ असार १७ गते इनरुवा नगरपालिका–३ मा हिँडिरहेको अवस्थामा फेला परेका यादवलाई जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई सुनसरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

    • प्रकाशित मितिः असार १८, २०८२
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ब्रान्ड युएन कलेज होटलपछि साइन्स र कम्युटर साइन्सलाई ब्राण्ड बनाउँदैछौ

    धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीको लागि उपयुक्त गन्तव्य हो। स्कुल र कलेज दुवै एकै स्थानमा सन्चालन भएको:शैक्षिक संस्था हो । जसले गर्दा कक्षा १० को पढाई सकेर पनि अन्यत्र धाउनु पर्दैन । त्यही कलेजमा उच्च शिक्षा हासिल गर्न सहज हुन्छ । धरान १२ मा रहेको छ । यो कलेज कोशी प्रदेशको शैक्षिक केन्द्रको रूपमा परिचित स्थापित र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा पहिचान बनाएको छ । आधुनिक शिक्षण प्रणाली, अनुभवी शिक्षक टिम, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित नीतिका कारण यो कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थालेको छ। विज्ञान, व्यवस्थापन, शिक्षा र म

    • प्रकाशित मितिः असार १८, २०८२
    • 1,517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, तीनको अवस्था गम्भीर

    ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति आएको पहिरोले एक परिवारको घर पुरिँदा चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर माथिबाट आएको पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएका हुन्।स्थानीय मौसम सेलिङका अनुसार घरमाथिको कुलो थुनिएर पहिरो खसेको थियो। घटना लगत्तै कटुवाल परिवारलाई छिमेकीहरूले उद्धार गरेका थिए।प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको जनाइएको छ।

    • प्रकाशित मितिः असार १८, २०८२
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको इतिहास बोकेको डिपोट स्कुलःधरानको शैक्षिक सम्पती

    धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कुल  धरानको पुरानो तथा ऐतिहासिक शैक्षिक संस्थामध्ये एक हो, जुन ब्रिटिस क्याम्पले स्थापना तथा सञ्चालन गरेको स्कुलको रूपमा चिनिन्छ। पूर्वी नेपालमा बेलायती गोर्खा सैनिकको बसोबाससँगै विकास भएको यो स्कुल धरानको इतिहास, शिक्षा र सैनिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। यो स्कुल धरान १८ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर भित्रै रहेको नमुना स्कुल हो । डिपोट स्कुलको सुरुवात बेलायती सेनाका गोर्खा सैनिकका छोराछोरीलाई शिक्षित गराउने उद्देश्यले भएको थियो। धरानस्थित ब्रिटिस क्याम्प ९ग्प् न्बचचष्कयल० ले अंग्रेजी माध्यमबाट सञ्चालित यो

    • प्रकाशित मितिः असार १८, २०८२
    • 999 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ मा टप १३ मा छनोट

    झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ मा धरानकी नृत्य प्रतिभा इचिङ्ग्सा लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै टप १३ मा आफ्नो स्थान सुरक्षित गरेकी छन्। झापाको विर्तामोडमा सम्पन्न अडिसनबाट प्रतियोगितामा प्रवेश गरेकी लिम्बुले हालसम्म विभिन्न शैलीका नृत्यहरू प्रस्तुत गर्दै निर्णायकहरूबाट प्रशंसा प्राप्त गर्दै आएकी छन्। कार्यक्रमको संरचना अनुसार यो चरणमा टप १४ बाट टप १२ को छनोट हुने तय गरिएको थियो। तर, पछिल्लो प्रस्तुति राउन्डमा इचिङ्ग्सा लिम्बु र अर्की प्रतिस्पर्धी रिस्ता गुरुङ दुवैले ५१७ अंक प्राप्त गरेपछि, आयोजकले टप १२ को सट्टा टप १३ प्रतिस्पर्धीहरू

    • प्रकाशित मितिः असार १७, २०८२
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा स्थानीय पाठ्यपुस्तक "हामी र हाम्रो वराहक्षेत्र" लोकापर्ण

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लोकापर्ण गरेको छ । नगरपालिकाले मङलवार कक्षा १ देखि कक्षा ५ सम्मका कक्षाकालागि तयार पारेको " हामी र हाम्रो वराहक्षेत्र " नाम पाठ्यपुस्तक लोकापर्ण समेत गरेको छ । नगरपालिकाले कक्षा १ देखि कक्षा ५ सम्मका कक्षामा " हामी र हाम्रो वराहक्षेत्र " नामक स्थानिय पाठ्यपुस्तक निर्माण गरेको थियो । वराहक्षेत्र नगरपालिकाको स्थानीय पाठ्यपुस्तक कक्षा १ - ५ कार्यान्वयन एवम् लेखन समिति सदस्य सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना मार्फत उक्त स्थानिय पाठ्यपुस्तक नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश

    • प्रकाशित मितिः असार १७, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको श्रम संस्कृति पार्कमा हर्क साम्पाङको प्रतिमा अनावरण

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको प्रतिमा धरान–१३-२० स्थित श्रम संस्कृति पार्कमा मंगलबार (आज) एक समारोहबीच अनावरण गरिएको छ। प्रतिमा अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै मेयर साम्पाङले प्रतिमा आफ्नो नभई सम्पूर्ण श्रमिकहरुको सम्मानको प्रतिक भएको उल्लेख गरे। “यो हर्क साम्पाङको मात्र होइन, जसले बिरुवा रोप्न सघायो, ढुङ्गा बोक्न सघायो, ती सबैको प्रतिमा हो,” उनले भने। उनले अफगानिस्तानमा शिक्षण पेसामा कार्यरत रहँदाको आकर्षक जागिर छोडेर नेपाल फर्किएको स्मरण गर्दै भने, “गोरालाई इङ्लिस पढाउने, कम्प्युटर टिचर भएर पनि म यहाँ आएँ, किनभने मलाई यहाँ केही गर्नुछ

    • प्रकाशित मितिः असार १७, २०८२
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मन्दिरको सिँढीको प्यासेज छेउमा सोमबार राति करिब ९ः३० बजे मृत अवस्थामा ती पुरुष भेटिएको इलाका प्रहरी चौकी बराहक्षेत्रले जनाएको छ। प्रहरीका अनुसार मृतक अन्दाजी ६० देखि ६५ वर्ष उमेरका, तराई मूलका देखिने व्यक्ति हुन्। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती व्यक्ति केही दिनदेखि मन्दिर परिसरमै माग्दै बस्दै आएका थिए। घटनापछि इलाका प्र

    • प्रकाशित मितिः असार १७, २०८२
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको मेचीनगरमा चिया बगान श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम, २५ लाख बजेट विनियोजन

    झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसहित विभिन्न क्षेत्रमा श्रम गर्ने श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ। यही असार १२ गते सम्पन्न नगरसभाबाट पारित नीति तथा कार्यक्रमसहितको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा श्रमिक लक्षित बीमा कार्यक्रम समावेश गरिएको हो। नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रमा काम गर्ने श्रमिकका लागि २५ लाख रुपैयाँ विशेष बजेट छुट्याएको छ। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार दैनिक ज्यालादारीमा काम गर्दै परिवार चलाउने श्रमिक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको हो। उनले भने, “बगान र अन्य क्षेत्रमा मेहनत गरेर

    • प्रकाशित मितिः असार १७, २०८२
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४ जीपीए ल्याएकी मिसु प्रधानले धरानकाे युएन-नवोदय कलेज रोजिन्

    धरान/ सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् । ३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा ल्याएकी हुन् ।यसैबीच मिहिनेती, प्रतिभावान (नृत्य, वक्तृत्वकलगायतका विधामा खप्पिस) उनले प्लस टु अध्ययनका लागि धरान–१६ स्थित युएन, नवोदय कलेज रोजेकी छिन् । सोमबार एक कार्यक्रमका बीच कलेजले उनलाई स्वागत गरेको छ । ‘४ जीपीए ल्याएको थाहा पाएपछि धेरै कलेजहरुले मलाई छात्रवृत्तिका लागि अफर गरे तर मैले धरानको युएन, नवोदय कलेजबारे बुझिसकेपछि यहाँ पढ्ने निधो गरें ।’ उनले भनिन् । उनका अ

    • प्रकाशित मितिः असार १७, २०८२
    • 1,617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved