वराहक्षेत्र मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

  • असार १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt - साङ्केतिक तस्बिर

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

मन्दिरको सिँढीको प्यासेज छेउमा सोमबार राति करिब ९ः३० बजे मृत अवस्थामा ती पुरुष भेटिएको इलाका प्रहरी चौकी बराहक्षेत्रले जनाएको छ।

प्रहरीका अनुसार मृतक अन्दाजी ६० देखि ६५ वर्ष उमेरका, तराई मूलका देखिने व्यक्ति हुन्। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती व्यक्ति केही दिनदेखि मन्दिर परिसरमै माग्दै बस्दै आएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप टोली पुगेर घटनास्थललाई सुरक्षित राखी अनुसन्धान सुरु गरिएको छ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी सोमबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पठाइएको छ। हालसम्म मृतकको पहिचान खुलेको छैन भने प्रहरीले सनाखतका लागि पहल गरिरहेको जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved