४ जीपीए ल्याएकी मिसु प्रधानले धरानकाे युएन-नवोदय कलेज रोजिन्

  • असार १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् ।

३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा ल्याएकी हुन् ।
यसैबीच मिहिनेती, प्रतिभावान (नृत्य, वक्तृत्वकलगायतका विधामा खप्पिस) उनले प्लस टु अध्ययनका लागि धरान–१६ स्थित युएन, नवोदय कलेज रोजेकी छिन् । सोमबार एक कार्यक्रमका बीच कलेजले उनलाई स्वागत गरेको छ ।

‘४ जीपीए ल्याएको थाहा पाएपछि धेरै कलेजहरुले मलाई छात्रवृत्तिका लागि अफर गरे तर मैले धरानको युएन, नवोदय कलेजबारे बुझिसकेपछि यहाँ पढ्ने निधो गरें ।’ उनले भनिन् ।

उनका अनुसार आफूले यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम बनेको र त्यतिबेला कलेजले छात्रवृत्ति दिने घोषणा गरेको थियो । काठमाडौंको काठमाडौं मोडल कलेज र धरानको युएन, नवोदय कलेजले पूर्ण छात्रवृत्तिको घोषणा गरेकोले सोही घोषणाअनुसार पनि आफूले यही कलेज पढ्ने निधो गरेको पनि उनले जानकारी दिए ।

युएन, नवोदय कलेजले उत्कृष्ट नतिजा (धरान प्रथमदेखि प्रदेश टप, नेपाल सेकेण्ड टपसम्म)ल्याइसकेको जानकारी पहिल्यै आफूले थाहापाएको बताउँदै उनले भनिन्, ‘सो कारण पनि मेरो रोजाइमा यो कलेज परयो ।’

विद्यालयका प्रिन्सिपल थानेश्वर ढकालका अनुसार मिसु प्रधान अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हु्न् । उनका अनुसार मिसुले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेकी छिन् ।

मिसले यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम बन्दै ६० हजार रुपैयाँ हात पारेकी थिइन् भने प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएकी थिइन् ।

क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार कलेजले उनलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेको छ । उनले एसईईमा ए प्लस, ए ल्याउने विद्यार्थीलाई पनि निःशुल्क पढाइने बताए ।

inshot-20240731-183050423

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved