वराहक्षेत्रमा स्थानीय पाठ्यपुस्तक "हामी र हाम्रो वराहक्षेत्र" लोकापर्ण

  • असार १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लोकापर्ण गरेको छ ।

नगरपालिकाले मङलवार कक्षा १ देखि कक्षा ५ सम्मका कक्षाकालागि तयार पारेको " हामी र हाम्रो वराहक्षेत्र " नाम पाठ्यपुस्तक लोकापर्ण समेत गरेको छ ।

नगरपालिकाले कक्षा १ देखि कक्षा ५ सम्मका कक्षामा " हामी र हाम्रो वराहक्षेत्र " नामक स्थानिय पाठ्यपुस्तक निर्माण गरेको थियो ।

वराहक्षेत्र नगरपालिकाको स्थानीय पाठ्यपुस्तक कक्षा १ - ५ कार्यान्वयन एवम् लेखन समिति सदस्य सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना मार्फत उक्त स्थानिय पाठ्यपुस्तक नगर प्रमुख रमेश कार्की,

उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , शिक्षा विकाश तथा समन्वय ईकाई सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्ल , वडा नं ८ का अध्यक्ष रोशन खड्का , शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।

उक्त कार्यक्रममा स्थानिय पाठ्यपुस्तक लेखन समितिका सदस्यहरु प्रध्यानाध्यापकहरु चुडामणि खनाल , वालकृष्ण अधिकारी, चण्डिराज पोखरेल, भोजराज न्यौपाने, लक्ष्मीप्रसाद लिम्बू, गंगाप्रसाद यादव , इन्द्रबहादुर बस्नेत, बिषय विज्ञ प्रल्लाद भट्टराई , ज्ञानबहादुर पाण्डे ,

हिरामणि पौडेल , शिक्षकहरु राजेन्द्र बस्नेत , हर्कबहादुर दुलाल, राजकुमार खड्का , चेतराज भट्टराई , चन्द्रप्रसाद सिग्देल , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारती र प्रविधिक साहायक स्वस्तिक धमललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकाश तथा समन्वय ईकाई झापाबाट शिक्षा विकाश तथा समन्वय ईकाई सुनसरीमा प्रमुखको रुपमा आउनु भएका प्रमुख देवेन्द्र बहादुर मल्ललाई स्वागत् तथा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा शिक्षा समितिका सदस्य तुलसा राई , प्यापसन वराहक्षेत्रका अध्यक्ष खेमराक राई , जडेज माबिका प्रध्यानाध्यापक योग्यराज पौडेल , बिपि आधारभुत बिद्यालयका प्रध्यानाध्यापक गोकुल गुरागाई , राधाकृष्ण संस्कृत गुरुकुलमकि प्रध्यानाध्यापक जमुना दाहाल , हुल्लु आधारभुत बिद्यालयकी प्रध्यानाध्यापक सरिता दाहाल लगायतको सहभागिता रहेको थियो ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

झापाको मेचीनगरमा चिय ...

झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved