धरानकी इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ मा टप १३ मा छनोट

  • असार १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ मा धरानकी नृत्य प्रतिभा इचिङ्ग्सा लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै टप १३ मा आफ्नो स्थान सुरक्षित गरेकी छन्।

झापाको विर्तामोडमा सम्पन्न अडिसनबाट प्रतियोगितामा प्रवेश गरेकी लिम्बुले हालसम्म विभिन्न शैलीका नृत्यहरू प्रस्तुत गर्दै निर्णायकहरूबाट प्रशंसा प्राप्त गर्दै आएकी छन्।

कार्यक्रमको संरचना अनुसार यो चरणमा टप १४ बाट टप १२ को छनोट हुने तय गरिएको थियो। तर, पछिल्लो प्रस्तुति राउन्डमा इचिङ्ग्सा लिम्बु र अर्की प्रतिस्पर्धी रिस्ता गुरुङ दुवैले ५१७ अंक प्राप्त गरेपछि, आयोजकले टप १२ को सट्टा टप १३ प्रतिस्पर्धीहरूलाई अघि बढाउने निर्णय गरेको हो।

टप १३ मा पुगेका प्रतिस्पर्धीहरूबाट निर्णायकहरूले नै उत्कृष्ट १२ छान्नेछन्। त्यसपछि मात्रै प्रतियोगिता भोटिङ चरणमा प्रवेश गर्ने आयोजक पक्षले जानकारी दिएको छ।

इचिङ्ग्सा धरान नृत्य कला प्रतिष्ठानकी सदस्य हुन् र धरानका विभिन्न विद्यालयहरूमा नृत्य प्रशिक्षकको रूपमा समेत संलग्न रहिआएकी छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved