समाचार

    Showing 1,321-1,330 of 8,390 items.
  • कोशीमा मन्त्री छान्न काँग्रेसको काठमाण्डौमा बैठक

    काठमाडौँ/  सत्ता साझेदार नेपाली कांग्रेसको आन्तरिक ‘किचलो’ का कारण कोशी प्रदेशमा सरकार विस्तार अड्किएपछि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् । कोशीमा देखिएको सरकार विस्तारको ‘सकस’ फुकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज (सोमबार) विहानैदेखि जारी छ ।कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चार वटा मन्त्रालय पाउन

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 177 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरले बृद्धि गरेको पानीको महसुल आयोगले रोक्यो,पानीको बिल काउण्टरमा पनि लाग्यो ताला

    धरान/ धरानको खानेपानीको महसुल बृद्धि गरिएको विराेधमा धराने जनताले आन्दोलन गरिरहेको बेला संघीय सरकारको खानेपानी सरसफाई तथा सेवा महसुल निर्धारण आयोगले बृद्धि गरिएको महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । खानेपानी व्यवस्थापन बोर्ड धरानले वृद्धि गरेको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।   आयोगको साउन १८ गते बसेको बैठकले तत्काल महसुल वृद्धि सम्बन्धी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको धरान खानेपानी बोर्डलाई निर्देशन दिएको छ । धरानमा खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विषयमा आयोगले तत्काल कार्यान्वयनमा नगर्न आदेश दिएको छ । आयोगका पत्रमा भनिए

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा एमालेको जिल्ला तह सम्म जिम्मेवारी हेरफेर

    इटहरी/  नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इञ्चार्ज तोकेको छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटिको बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इञ्चार्ज तोकेको हो । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इञ्चार्ज तोकिएको छ । यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इञ्चार्ज तोकिएको छ । सार्वजनिक विज्ञप्तिअुनसार सुनसरी जिल्लामा जगदीश कुशियतलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मे

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 270 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १० दलको आन्दोलन चर्कियो,खानेपानी बोर्डमा तालाबन्दी

    धरान/ दश दिनदेखि बृद्धि भएको खानेपानी महसुल यथावथ बनाउनुपर्ने माग राख्दै आन्दोलित धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् । दश दलले आयोजना गरेको आन्दोलनको कार्यक्रममा धरानका सर्वसाधारणले समेत साथ दिएपछि आन्दोलन चर्किंदै गएको छ । धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमै तालाबन्दी गरेका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नाम

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राधिकरणका कर्मचारी कुटिए

    संखुवासभा/  नेपाल विद्युत् प्राधिकरण कार्यालय संखुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । ‘निजहरु विरुद्ध अभ

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नग्न अवस्थामा महिलाको शव भेटियो

    सुनसरी/ सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो । ‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’ उनले परिवारको भनाइ उदृत गर्दै ती महिला &ls

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राकृतिक विपत परी १५० जनाको मृत्यु

    काठमाडौं/ वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 243 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी महसुल विरुद्धको आन्दोलनमा जनताको पनि समर्थन,आज कार्यालय घेराऊ

    धरान/ धराने जनताको लागि खाने पानी सहज रुपमा आपूति गर्न पाउनु फलाम चपाएझै भएको छ। हिउदको समयमा खाने पानीको अभावमा कानाकरधनकाक हरुले बर्षाद्मा धारामा पानी प्रसस्त आए पनि चैनको निन्द्रा पाएका छैनन् यसको प्रमुख कारण हो खाने पानीको महसुल ९ हजार प्रतिशतभन्दा बढी बृद्धि हुनु। अहिले यसैको विरोधमा दल आन्दोलित छन् । दश दलको आन्दोलनलाई सर्वसाधारणले समेत समर्थन जनाएका छन्।मनव जीवनसँग जोडिएको अत्यावश्यक कुरामध्ये खानेपानी सबैभन्दा महत्वपूर्ण हो । यो विना जीवन चल्नै सक्दैन । तर पाानरिधाानति बढी हुने गरेको ५ सांसद, नगर प्रमुख, वडाध्यक्ष लगायतले चुनावताका खाने पानी समस्या समाधानको विषयलाई प्राथमिकताना

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    धरान/ रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने बताए ।  विद्यार्थी

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 248 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी शुल्क बृद्धि विरुद्ध दलको आन्दोलन,निष्कर्षमा पुर्याउन सुझाव,

    धरान/  खानेपानीको शुल्क बृद्धिको आन्दोलनमा होमिएका धरानका दश दललाई इमान्दार भएर आन्दोलन गर्न र आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउन धरानका सर्वसाधारणले आग्रह गरेका छन् । दोस्रो चरणको आन्दोलनको घोषणा गरेका दलहरुको पहिलो कार्यक्रम अन्तर्गत विहीबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित दल तथा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया कार्यक्रमका समयमा दलहरुलाई सर्वसाधारणले यस्तो आग्रह गरेका हुन् । सर्वसाधारणको तर्फबाट बोल्दै महेश श्रेष्ठले दलहरुको आन्दोलनमा सर्वसाधारणलाई विश्वास हुने वातावरण तयार गरेर सबैलाई आन्दोलनमा ल्याउन उत्प्रेरित गर्ने खालका कार्यक्रम अगाडि सार्न दलहरुलाई आग्रह गरे ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved