सशस्त्र प्रहरी बल न.४ गण सुनसरीद्वारा ६ करोड भन्दा बढी मूल्यका भन्सार छली सामान बरामद

  • साउन ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु.६ करोड ९० लाख ३ सय ९२ बराबरको भन्सार छली तथा बिलबिजक नभएका अवैध सामान बरामद गरेको जनाएको छ ।

 गण अन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले सो अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्रीहरू सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए ।

त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ भरिमा मात्र रु.१८ लाख ७५ हजार १३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरि राजस्व कार्यालय इटहरीमा बुझाइएको  छ । 

 साथै, भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न ६४ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलले पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाएको छ ।

सीमामा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल पूर्ण सतर्क अवस्थामा रहेको जनाउँदै, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजंग थापाले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए। 

उनले स्थानीय समुदायसँगको सहकार्य गरि थप मजबुत बनाउँदै, स्रोत, साधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइने जानकारी दिए । 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved