झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा लागू औषध बरामद, गोदाम सञ्चालक फरार

  • साउन २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागू औषध बरामद भएको छ।

प्रतिबन्धित औषधिहरूको ठूलो भण्डारण भानुभक्त खरेल नामक औषधि व्यवसायीको भएको पुष्टि भए पनि उनी हालसम्म फरार रहेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुईँतलाका दुई कोठामा लुकाइराखिएको अवस्थामा प्रतिबन्धित औषधिहरू बरामद गरेको हो।

ती औषधिहरू भानुभक्त खरेलले भण्डारण गरेका थिए भने सोही गोदाममा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद लागू औषधको विवरण यस्तो छ:

  • ट्रामाडोल हाइड्रोक्लोराइड — १ लाख ३ हजार ८ सय ट्याब्लेट
  • ट्रामाडेक्स इंजेक्सन (१८७० एम्पुल)
  • ट्रामाडोल + पेरासिटामोल ट्याब्लेट — ४ हजार ५०
  • डाइसाइक्लोमाइन HCL ट्याब्लेट २० मिग्रा — ९७ हजार ट्याब्लेट
  • सिल्डेनाफिल (जेनेग्रा एमटी रेड १००) — ८ हजार ९ सय ट्याब्लेट
  • मिफेप्रिस्टोन र मिसोप्रोस्टोल ट्याब्लेटको टर्मिपिल किट — ७ प्याक


प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम अर्जुनधारा–६ दासपुलका २५ वर्षीय विनोद घिमिरे रहेको छ।

उनी ‘सनलाइट फर्मा’ मा कार्यरत कर्मचारी हुन्। घिमिरेसँगै उनले प्रयोग गर्दै आएको मोटरसाइकल ९नं. १–०१–०१३ प ८९०४० पनि प्रहरीले बरामद गरेको छ।

खरेलले लामो समयदेखि संग्रौलाको घर भाडामा लिएर लागू औषधजन्य औषधिको गोदाम सञ्चालन गर्दै आएका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी विजय श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले लागू औषध तस्करीमा संलग्न कर्मचारी समेत पक्राउ गरिएको र मुख्य व्यक्ति फरार रहेकाले खोजी कार्य तीव्र पारिएको बताएका छन्।

प्रहरीका अनुसार यस मामिलालाई सुनियोजित औषधि तस्करीको एउटा नेटवर्कको रूपमा हेरेर अनुसन्धान अगाडि बढाइएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved