सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

  • साउन २, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाईल तस्बिर

धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ रामधुनी–६ स्थित चतरा–कान्छीचोक सडक खण्डमा स्कुटरलाई ठक्कर दिँदा रामधुनी–५ का ५० वर्षीय गणेश राजधामी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा शुक्रबार बिहान १ः२५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।

दुर्घटना चतराबाट इटहरीतर्फ जाँदै गरेको स्कुटर ९को १४ प ४५८ नम्बर० बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकल ९को ३७ प ३८९५ नम्बर० ले ठक्कर दिँदा भएको हो।

मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय संगम चौधरीसमेत घाइते भएका छन्। उनको विराटनगरको विराट नर्सिङ होममा मध्यम अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved