धरानमा लागू औषधसहित किशोर पक्राउ

  • साउन २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्।

शुक्रबार(आज) बिहान ११:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित निसाने डाँडामा कोशी राजमार्गमा खटिएको प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उक्त पक्राउ गरेको हो।

प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बसमा सवार मोरङ, रंगेली नगरपालिका निवासी रोशन उप्रेतीले बोकेको कालो झोलामा झन्डै १० किलो लागू औषध (गाँजा) फेला परेको हो।

पक्राउ परेका उप्रेतीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागू औषध नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई अझ कडा बनाइएको जानकारी दिएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved