वराहक्षेत्र/ विश्वकै चारधाममध्ये नेपालकोसुनसरी स्थित बराहक्षेत्रमा रहेको तीर्थ स्थल बराहक्षेत्र मन्दिरमा बराह भगवानकाे जन्मोत्सव पुजा आराधना गरि मनाइएको छ। बुधबार श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवानको जन्मो त्सववराह भगवान् विराजमान नुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशे यदि पूजा अर्चना गरी मनाइएको हो श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान वराहको जन्मोत्सवको रुपमा मनाउने परम्परा रहेको छ। वराह जयन्तीको अबशरमा मङलवार सांझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो । भने आज जयन्तीको दिन मङल यात्रा
झापा/ बंगलादेशमा आन्दोलन चर्किएर सत्ता नै उलटपुलट भएपछि नेपालको पूर्वी नाकामा सुरक्षा सतर्कता बढाइएको छ । बंगलादेशबाट नेपाल प्रवेश गर्ने सबैभन्दा नजिकको नाका काँकटभिट्टासँगै भद्रपुर, गौरीगञ्जलगायत नाकामा सुरक्षा सतर्कता बढाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । भारतीयको भेषमा बंगलादेशीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निगरानी बढाइएको हो । बंगलादेशको फूलबारी नाका हुँदै विस्थापितहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता उच्च पारिएको गृह मन्त्रालयले जनाएको छ । बोर्डर आउट पोस्टहरूमा सम
सुनसरी/ सुनसरीको दुहबी ६ मा रहेको छाला उद्योगका कारण स्थानीय आन्दोलित भएका छन। छालाको दुर्घन्धले नगरवासी बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । दुहबी ६ मा सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरु उद्योग विरुद्ध आन्दोलित बनेका छन् । भैँसी तथा राँगा लगायतका जनवारको छाला प्रशोधन गर्ने ती दुई वटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण दुहबी वडा नम्बर ६ का बासिन्दा पीडित भएका हुन् । उद्योगले छालाको प्रशोधन तथा भण्डारण वातावरण मैत्री नभएकोले वरिपरिको बस्तीमा दुर्गन्ध फैलिने गरेको छ । उद्योगल
विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शमौ ओलीले माओबादी अध्यक्ष पुष्पकमल दाहालसँगको सत्ता परिवर्तन गरी काँग्रेससँग सरकारको गठवन्धन गरि ओली स्वयम् प्रधानमन्त्री बनेपछि कोशी प्रदेशमा पनि त्यसको असर प¥यो । केन्द्रमा सरकार परिवर्तन भएसँगै कोशीमा हिक्मत कार्की नेतृत्वको सरकारमा रहेको माओबादी पार्टीका मन्त्रीहरुले राजीनामा दिए । त्यसपछि नेपाली काँग्रेसलाई मुख्यमन्त्री कार्कीले केन्द्रिय सरकारको समीकरण अनुसार सरकार बनाउनु पर्ने हो । तर नेपाली कांग्रेसलाई सरकारमा ल्याउन पहल अगाडि बढाइरहेको भए पनि अझै कांग्रेस अलमलमै देखिएको छ ।विशेष गरी कांग्रेसभित्रकै आन्तरिक विवादका कारण कोशी प्रदेश सरकार
धरान/ धराने जनताको ढाड सेक्ने गरि धरानमा खानेपानीको महशुल बृद्धि गरिएको भनेर धरानमा महसुल फिर्ताको आन्दोलन १० वटा राजनीतिक दलहरुले चकाईरहेको बेला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दलहरुको आन्दोलनलाई काउण्टर दिएका छन् । उच्च अदालत विराटनगर धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि राजनीतिक पार्टीले खानेपानी व्यवस्थापन बोर्ड र काउण्टरमा लगाएको ताला खोलिने भएको छ । उक्त आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुल्ला गरि दिएको छ । अदालतले भनेको छ ,‘ २०८१ साउन २८ गतेसम्म धरान खानेपानी व्यवस्थापन बोर्डको कार्
इटहरी/ सुनसरीको इटहरीमा अव नगरवस सञ्चालनमा आउने भएको छ । यो असोज महिनाको १ गतेदेखि उक्त नगरवस सञ्चालन गर्ने तयारी स्वरुप चार वटा वस खरिद गरेको छ । वस विद्युतीय बस हो । उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता गरे अनुरुप चार वटा बस इटहरी। आईपुगेको छ । अपाङ्ग मैत्री रहेको उक्त बस गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको बताए । उनका अनुसार उक्त विद्युतीय बस यही असोज १ गतेबाट सञ्चालन हुने
धरान/ धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबमको रौनक छाएको छ ! रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर मन्दिरमा छिमेकी मुलुक भारतसंगै नेपालको बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु सहभागि भएसंगै बोलबमको रौनक छाएको हो ! बिजयपुर बोलबममय भएको छ । विभिन्न महमारीको कारण अघिल्ला वर्षमा श्रद्धालुहरुको उपस्थितीमा कमी आए पनि यो बर्ष भक्तजनहरुको चाप बोलबममा बढेकोले व्यवस्थापनमा पनि ध्यान दिइएको छ । सुरक्षासगै लाइन व्यवस्थापनको लागी नेपाल प्रहरीको नेतृत्वमा शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयमसेवकहरु समेत खटाईको छ । श्रद्धालुहरुको निःशुल्क स्वास्थ्य शिविर, माडावारी सेवा समिति , मधेसी सेव
विराटनगर/ विराटनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । एक महिनाअघि नै जडान गरिएको लाइटको सोमबार बिहान उद्घाटन गरिएको हो । विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गरेका छन् । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक आवतजावत हुनेभित्र पर्छ । सवारी चापका कारण अस्तव्यस्त बन्दै विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको हो । लाइटको उद्घाटन गर्दै मन्त्री अधिकारीले अबका दिनमा सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा म
काठमाण्डौ/ ३० जना यात्रुको ज्यान जोगाएर मृत्युवरण गरेका चालक मेघनाथ विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्ने लगायत १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय प्रतिनिधि परिषद् हेटौंडामा सम्पन्न भएकोछ । नारायण मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा असार २८ गते रुपन्देहीको छपियाबाट यात्रु लिएर काठमाण्डैं जाँदै गर्दा लु २ ख ६५६६ नम्बरको प्रतिज्ञा डिलक्सका चालक मेघनाथ विकलाई पहिरोबाट आएको ढुङ्ग लागेपछि घाइते अवस्थामै चालक विकले ३० जना यात्रु सहितको बसलाई ५० मिटर दुरीको सुरक्षित स्थानमा रोकेर
इनरुवा/ सप्तकोसी नदीस्थित कोसी ब्यारेजमा सर्वसाधारणको भीड बढेसँगै जोखिसमेत बढेको भन्दै पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्न निषेध गरिएको छ । कोसी ब्यारेजबाट सप्तकोसीमा हामफालेर आत्महत्याको प्रयास गर्ने जोखिम भएका कारण पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्नमा रोक लगाइएको हो । कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सुनसरी र सप्तरी जोड्ने ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना टाँस गरिएको छ । भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट