धरानमा कोटीहोम महायज्ञ: धार्मिक पर्यटनको प्रवर्द्धन र बृद्धगंगामा सुविधा सम्पन्न दाहसंस्कारस्थल निर्माण हुने

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्राणी जगतको कल्याण गर्ने एवम् वैद्धिक सनातन धर्मको बचाउ गर्ने अभियान स्वरुप शिवबाबा भक्त समाज नेपाल धरान ६ पानबारीले पितृ उद्धार अश्वमेध महायज्ञ २०८२ हुने भएको छ ।

आगामी माघ १९ गतेदेखि फागुन १९ गतेसम्म एक महिना आयोजना हुने सो कोटीहोम सम्पूर्ण प्राणीहरुको रक्षासँगै धरान र केराबारीको सीमानामा पर्ने बुढिगंगामा सुविधा सम्पन्न दाहसंस्कार निर्माण गर्ने रहेको शिव बाबा भक्त समाज नेपाल, धरान ६ पानबारीका अध्यक्ष रमेश कटुवालले जानकारी दिए ।

उनले बृद्ध गंगाको काखमा आयोजना गर्न लागिएको कोटीहोम लाखौ भक्तजनहरुको आवागमन हुने भएकोले धार्मिक पर्यटन प्रद्र्धनमा समेत सहयोग पुग्ने बताए ।

उनले कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको कोटीहोमको प्रमुख उद्देश्य विश्वमै वैद्धिक सनतान धर्मको प्रचार प्रसारको प्रारम्भ नेपालबाट भएको बताउदै वेद र ग्रन्थहरु प्नि नेपालबाटै लेखिएको भएकोले देवभूमि नेपालको बृद्धगंगाको जानकारी सवैलाई जानकारी होस् भन्ने रहेको बताए ।

उनले कोटीहोम आयोजना गर्दा के कति खर्च हुने बताउदै पूर्वी भेगमा पहिलोपटक कोटी होमको आयोजना गर्न लागिएको दाबी समेत गर्नुभयो ।
उनले कोटी होममा पितृ दोष लागेका सम्पूर्ण भक्तजनहरुले कम्तीमा ८ कुण्डमा हवन गर्नुपर्ने, कालसर्प योग भएका सम्पूर्ण भक्तजनहरुले ८ कुण्डमा हवन गर्नुपर्ने लगायतका हवन गर्ने विधि समेत सो अवसरमा जानकारी गराएका थिए ।

उनले कोटीहोमा देव, पितृ र ग्रहको नाममा तुला दान, शैया दान, भूमि दान, नगद दान, व्राम्हण वस्त्र, गुरु भोजनलगायतका दान समेत गर्ने प्रावधान रहेका बताए ।

यस्तै कोशी प्रदेशका सांसद रमेश बस्नेतले कोशी प्रदेश सरकारले कोशी भर्खरै २०८२ लाई पर्यटन बर्ष घोषणा गरेको बताउदै धार्मिक पर्यटनको सम्भावना बढी भएको बताए । उनले पौराणिक ग्रन्थमा उल्लेख भएका कुराहरु तथा आधारहरुमा कोशी पदेशमा हुन लागेको कोटी होमलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा हिन्दु सनतन धर्म बचाउ अभियानमा लागेका सनतान धर्मका अगुवा, स्थानीय बासिन्दा लगायतको ठूलो उपस्थिति रहेको थियो ।
यो कोटीहोमलाई सफल बनाउन हरतरहबाट सहयोग पुर्‍याउने उपस्थित सबैले प्रतिबद्धता समेत जनाएका थिए ।

kotihom

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved