लागू औषधसहित दुई पक्राउ, ब्राउन सुगर र क्याप्सुल बरामद

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकमा लागू औषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

साउन ३ गते दिउँसो करिब ३ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गमा को ३३ प ३१४९ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसेका दुई जनामाथि प्रहरीले चेकजाँच गर्दा उनीहरूबाट प्रतिबन्धित लागू औषध फेला परेको हो।

पक्राउ पर्नेमा इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र ऐरावती गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्।

यादवको साथबाट ४१.४४० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। त्यस्तै, सफरुलको साथबाट Tramol–50 ब्राण्डका ३५५० क्याप्सुल र Spasmo Proxyvon Plus का १४४ क्याप्सुल फेला परेका छन्।

प्रहरीले लागू औषध र प्रयोग गरिएको मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved