बर्षेनी बाढीको त्रास: धरान १६ मा स्थानीयको पहलमा तारजाली लगाउँदै बस्ती जोगाउने प्रयास

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम गर्न तारजाली लगाउने कार्यमा जुटेका छन्।

बर्षेनी बर्षातको समयमा खोलाले धार परिवर्तन गर्दा बस्तीमा बाढी पस्ने खतरा बढ्दै गएपछि स्थानीयवासी आफैँ सक्रिय बनेका हुन्।

धरान १६ को नौलोबस्तीलगायत क्षेत्रमा खोलाको कटानबाट ठूलो क्षति हुने गरेको छ। बाढीले घरभित्रै पानी पस्ने, जमिन कटान हुने र ढुंगा बगाएर ल्याउने जस्ता समस्याले टोलबासी त्रसित छन्।

जोखिम न्युनिकरणका लागि स्थानीयवासीहरू श्रमदानमार्फत तारजाली लगाउने कार्यमा जुटेका छन्।

यस अभियानमा नेपाली काँग्रेसले पनि सहयोग गरेको छ। धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा काँग्रेस नेता तिलक राईका अनुसार विगतदेखि नै काँग्रेसले टोलबासीसँग मिलेर खोलाको धार रोक्ने काममा साथ दिँदै आएको छ।

यसले बाढीजन्य क्षति न्युनिकरणमा उल्लेखनीय भूमिका खेलेको उनले बताए।

नेपाल तरुण दल धरान नगर अध्यक्ष राम तामाङका अनुसार स्थानीयहरूले रकम संकलन गरी काँग्रेसको सहयोगमा तारजाली खरिद तथा जडान कार्य थालेका छन्।

स्थानीय विक्रम गिरीले ट्याक्टर सहयोग गरेका छन् भने अन्यले आर्थिक तथा श्रमदानमार्फत योगदान दिएका छन्।

स्थानीय भीम गिरीले बताएअनुसार सर्दुखोला वार्षिक रूपमा क्षति पुर्‍याउने भए पनि स्थानीय सरकारको तर्फबाट बेवास्ता भएकाले टोलस्तरमै पहल गर्नुपरेको हो।

धरानमा जनश्रमदानको परम्परा नयाँ होइन। विगतमा सडक निर्माणदेखि आपतकालीन प्रकोप व्यवस्थासम्म स्थानीयले नेतृत्व लिँदै आएका छन्। नगर सरकार र जनताको संयुक्त लगानीमा धेरै पूर्वाधार बनेका छन्।

अहिले पनि बाढीको जोखिम न्यूनीकरणमा स्थानीय स्तरको सक्रियता धरानको ‘आफ्नो काम आफैं गर्ने’ परम्पराको निरन्तरताको प्रतिबिम्ब हो।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved