बाढीले हेवा खोलाको डाइभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरी, मोरङ हुँदै पूर्वी पहाडी जिल्लाहरू जोड्ने मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको बाढीले पाँचथरस्थित हेवा खोलाको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले डाइभर्सनमाथिबाट बाढीको पानी बग्न थालेपछि यातायात ठप्प भएको जानकारी दिए । “पानीको बहाव अहिले केही घट्दै छ, घटेपछि मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उनले बताए ।

मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथर जिल्लाका तीन पालिकामा सवारीसाधन सञ्चालन रोकिएको छ । यसले अत्यावश्यक सेवासमेत प्रभावित बनेको स्थानीय प्रशासनले जनाएको छ ।

हेवा खोलामा यो समस्या पहिलो पटक भने होइन । यसअघि २०८० असारमा आएको बाढीले सो खोलामा रहेको स्थायी पुल बगाएको थियो । त्यसपछि अस्थायी बेलिब्रिज बनाइएको थियो, तर त्यो पनि २०८० असोज १२ गतेको बाढीले बगायो । त्यसयता डाइभर्सनमार्फतै यातायात सञ्चालन हुँदै आएको थियो ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने सो क्षेत्रको नयाँ बेलिब्रिज जेठ ३१ गते निर्माण सकिएको घोषणा गरिएको दिनमै बगाएको थियो ।

यतिबेला केवल मेची राजमार्ग मात्र होइन, तमोर करिडोर पनि बाढी र पहिरोका कारण बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँघुरीगढी गाउँपालिका–९ मा ठूलो पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालन गरेर यातायात सुचारु गर्न प्रयास भइरहेको जानकारी दिइएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved