गायक बिजय वाम्बुले राईको नयाँ गीत ‘प्याराे मान्छे तिमी’ सार्वजनिक

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाली सङ्गीत क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाएका गायक बिजय वाम्बुले राईले नयाँ गीत ‘प्याराे मान्छे तिमी’ सार्वजनिक गरेका छन्।

गायिका मिलन नेवारको सुमधुर स्वर रहेको यस गीतमा शब्द, सङ्गीत तथा निर्देशन स्वयम् गायक वाम्बुलेले नै गरेका हुन्।

यसअघि ‘किराती हामी’‘मनमाया’ लगायतका गीतमार्फत लोकप्रिय बनेका वाम्बुलेले प्रेम भावनाले भरिएको यस नयाँ सिर्जनामार्फत दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्। गीतको भिडियोमा मोडल तृष्णा राई र डेबिट मोक्तानले अभिनय गरेका छन्।

सङ्गीत व्यवस्थापन पावल चाम्लिङ राईले गरेका छन् भने मिश्रण तथा सम्पादन मेवाहाङ राईको रहेको छ। ‘द स्काइ’ स्टुडियोमा निर्माण भएको भिडियोलाई युट्युबमा सार्वजनिक गरिएको केही घण्टामै सकारात्मक प्रतिक्रिया मिल्न थालेको गायक वाम्बुलेले जानकारी दिए।

गीत गायकको आफ्नै युट्युब च्यानल ‘बिजय वाम्बुले राई’ मार्फत सार्वजनिक गरिएको हो।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved