समाचार

    Showing 111-120 of 10,268 items.
  • गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति

    जनकपुरधाम/ गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको करिब डेढ घण्टा लामो छलफलपछि मोर्चाले आफ्ना सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ। वार्ताका क्रममा मोर्चाले पूर्वघोषित १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेस गरेको छ। प्राप्त मागहरूलाई सरकारले सकारात्मक रूपमा लिँदै तिनको कार्यान्वयनका लागि उप

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 111 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार–पीडित सहमतिपछि देवानगन्जका दुई मृतकको शव परिवारलाई

    सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो । गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 136 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार बास्केटबल रनिङ कप सुरु, हिमालयन, हिमशिखर, डिपो र डीपीएस विजयी

    धरान/ डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौं मेजर श्रवणकुमार लिम्बू स्मृति अन्तरविद्यालय बास्केटबल रनिङ कप शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न चार खेलमा हिमालयन मेघा एकेडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल (डीपीएस) धरान विजयी भएका छन्। डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमालयन मेघा एकेडेमीले अरणिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अंकले पराजित गर्‍यो। हिमालयनले चारै क्वाटरमा क्रमशः १२–८, १७–६, १५–७ र १६–९ अंकको अग्रता बनाउँदै सहज जित हात पार्यो। दोस्रो खेल

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देवानगञ्ज गोलीकाण्डका मृतकका परिवारले शव बुझ्न मानेनन्

    धरान/  सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमति दबाबमा गराइएको भन्दै विरोध चर्किएपछि शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य र आफन्त पुनः गाउँ फर्किएका हुन्। यससँगै शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने सहमतिअनुसारको प्रक्रिया अन्योलमा परेको छ। शव नबुझाइएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन। प्रहरीले भने परिवार र स्थानीयसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ। गत आइतबार राति देवानगञ्ज–३ कप्ता

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 179 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देवानगञ्जको घटना धार्मिक युद्ध तर्फ मोडिदै

    धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिकामा गत आइतबार राती देखि भएको घटनाले देश भरिनै धार्मिक युद्धको स्वरुप लिइरहेको छ । हिन्दु धर्मावलम्बी र मुसलिम समुदाय बिच भएको धार्मिक युद्धको स्वरुप अहिले विस्तारै सुनसरी देखि अन्य जिल्लाहरुमा पनि सर्दै गएको छ । गत श्रावण १० गते बोलबंमका लागि हिडेका हिन्दु धर्मावम्वीहरुले स्थानीय शिव मन्दिर अगाडि धार्मिक गितमा डिजे बजाए पछि स्थानीय मुसलिम समुदायले बन्द गर्न आग्रह गर्दा स्थानीयहरु दुवै धर्मावलम्बीहरु बिच विवाद बढेको थियो । विवाद बढ्दै गए पछि धार्मिक युद्धको स्वरुप लिए पछि विवादलाई शान्त पार्न सशस्त्र प्रहरीले गोलि चलाउदा अहिले सम्म सुनसरीमा २ जनाको मृत्

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानुचौक सुनसान, व्यवसायी सडकमा : माग पूरा नभए कडा आन्दोलनको चेतावनी

    धरान/ धरानको पुरानो बसपार्क तिनकुने स्थानान्तरण भएपछि व्यापार चौपट भएको भन्दै धरान–२ को भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रका व्यवसायी बुधबार सडक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहानदेखि पसल बन्द गरी सडक अवरुद्ध गरेपछि सो क्षेत्रको आन्तरिक यातायात प्रभावित भएको थियो। साँझ कोणसभा गर्दै सडक खुलाए पनि माग सम्बोधन नभए (भाेलि)बिहीबार बिहान ८ बजेदेखि पुनः सडक अवरोध तथा थप कडा आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन्। व्यवसायीका अनुसार बसपार्क स्थानान्तरणसँगै बजारमा यात्रु र ग्राहकको चहलपहल घट्दा वर्षौंदेखि सञ्चालनमा रहेका पसल, होटल तथा अन्य व्यवसाय गम्भीर आर्थिक संकटमा परेका छन्। उन

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 234 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीसहित देशका अस्पतालमा नियमित उपचार सेवा सुरु

    धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले सञ्चालन गरेको आन्दोलन अन्त्य भएसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका अस्पतालमा भाेलि (साउन १४) देखि नियमित स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। आन्दोलनका क्रममा बिपी प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक ओपिडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए। नेपाल चिकित्सक संघ, धरान शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच भएको सहमतिअनुसार नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने जानकारी दिएको हो। शाखाले सम्पूर्ण बिरामी तथा सेवाग्राहीलाई निर

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 148 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोशी प्रदेशको वन–पर्यटन समीक्षा शुरू, दिगो विकास र पर्यटन प्रवर्द्धनमा जोड

    धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ। प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ। गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजन

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पतालको घटनाक्रम र नेपालको स्वास्थ्य सेवाबारे मेरा केही विचार

    आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। पछिल्ला केही दिनदेखि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन, नारायणी अस्पतालमा भएको अत्यन्त दुःखद घटना र त्यसपछि देशभर देखिएको परिस्थिति हेर्दा मन अत्यन्तै व्यथित भएको छ। त्यसैले एक स्वास्थ्यकर्मी, एक शिक्षक र एक जिम्मेवार नागरिकका रूपमा आफ्ना केही धारणा सार्वजनिक गर्न चाहन्छु। मेरो जन्म काठमाडौंमा भयो। प्रारम्भिक शिक्षा–दीक्षा पनि काठमाडौंमै सम्पन्न भयो। त्यसपछि विदेशमा चिकित्साशास्त्र अध्ययन गर्ने अवसर प्राप्त भयो। अध्ययन सकेपछि आफ्नो कर्मभूमिका रूपमा मैले नेपालको पूर्वी भूभाग, धरानस्थित वी.पी. कोइराला स्वा

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 764 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फुट्सल विजेता अभिभावक टोलीलाई हिबिस्कस स्कुलको सम्मान

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा विजयी अभिभावक टोलीलाई बुधबार सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक गङ्गाराम राई र भाइस प्रिन्सिपल विजय सिंह थेबेले विजेता अभिभावकहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे। गत असार १३ गते धरान–५ देउरालीस्थित डिडी फुट्सलमा महिला शिक्षक र महिला अभिभावकबीच सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा अभिभावक टोलीले शिक्षक टोलीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। कार्यक्रममा प्रबन्ध निर्देशक राईले शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने, आ

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved