समाचार

    Showing 1,181-1,190 of 10,123 items.
  • वराहक्षेत्रका कांग्रेस नेता सन्तोषले जोगि सन्यासीलाई सहयोग गरेर मनाए जन्मदिन

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले वराहक्षेत्र मन्दिर क्षेत्रमा रहेका असाय , सन्यासी र जोगिहरुलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । बिहिवार साउन २९ गते आफ्नो ३७ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र- १ वराहक्षेत्र मन्दिर परिसरमा रहेका करिव ३० जना असाय , सन्यासी र जोगिहरुलाई खाद्यन , रकम र कपडा प्रदान गरेका थिए ।  जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । शशक्त, असाय भएका परिवारलाई आफ्नो जन्म दिनको अवशरमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उनी बताउछन् । संन्तोषले विगत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 734 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नक्कली ‘व्याकुल माईला’ फेरि पक्राउ

    इटहरी/राष्ट्रिय गीत "सयौं थुङ्गा फूलका" का असली सर्जक प्रदीपकुमार राई ‘व्याकुल माईला’को नाममा ठगी गर्दै हिँड्ने मिलन राई फेरि पक्राउ परेका छन्। उदयपुरको बेल्टार घर भएका मिलन राईले आफू नै व्याकुल माईला भएको दाबी गर्दै बिहीबार इटहरी उपमहानगरपालिका पुगेका बेला प्रहरीको फन्दामा परे। उनले विभिन्न स्थानीय तह र विद्यालयमा व्याकुल माईलाको नाममा पुस्तक बिक्री गर्दै आएको खुलासा भएको छ। यसअघि पनि नक्कली व्याकुल माईला बनेको आरोपमा पक्राउ परेका उनलाई “अब यस्तो नगर्ने” सर्तमा रिहा गरिएको थियो। तर, उनले फेरि राष्ट्रको सम्पत्तिमा हात हाल्ने गतिविधि दोहोर्याए। मिलन राईले असली सर्जकक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको महेन्द्र बहुमुखी क्याम्पसविरुद्ध अदालतको परमादेश, विद्यार्थीलाई परीक्षा दिन आदेश

    सुनसरी/ उच्च अदालत विराटनगरले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसलाई एल.एल.बी. प्रथम वर्षका विद्यार्थी ईश्वर कट्टेललाई परीक्षा दिन अनुमति दिन उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ। बुधबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र कृपासुर कार्कीको संयुक्त इजलासले कट्टेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो। नियमित पठनपाठन गर्दै आएका कट्टेललाई क्याम्पसले परीक्षा फाराम बुझ्न अस्वीकार गरेको थियो। क्याम्पसले उनी पूर्वाञ्चल विश्वविद्यालयबाट ल्याएको ‘माइग्रेसन सर्टिफिकेट’का कारण परीक्षा फाराम बुझ्न नपर्ने दाबी गरेको भए पनि अदालतले कानुनी आधार नदेखी परीक्षामा सहभाग

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ठूलो मात्रामा लागू औषधसहित चार पक्राउ, घरधनी फरार

    सुनसरी/ विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र CRV खनारको संयुक्त टोलीले इटहरी–११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घरमा छापा मार्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। बुधवार दिउँसो २ बजे गरिएको खानतलासीमा ट्रामाडोल १,२६० क्याप्सुल र डिकोलिक ५१० क्याप्सुल लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्। प्रह

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 1,138 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नृत्य प्रशिक्षणको अग्रणी केन्द्र ‘द डान्स गार्डेन’

    धरान/ नृत्य प्रतिभा विकास र सांस्कृतिक संरक्षणमा विशेष योगदान पुर्याउँदै आएको ‘द डान्स गार्डेन’ ले छोटो समयमा आफ्नो पहिचान बनाइसकेको छ। सन् २०७९ साल श्रावण १० गते स्थापना भएको यो नृत्य संस्था धरान–१३, जीरोप्वाइन्टमा अवस्थित छ र यसको प्रबन्धक निर्देशक प्रबिन भुजेलको नेतृत्वमा सञ्चालित छ। ‘द डान्स गार्डेन’ को स्थापना मुख्य रूपमा नृत्य सिकाउने, प्रतिभा विकास गर्ने, संस्कृति जगेर्ना गर्ने, व्यावसायिक अवसर सिर्जना गर्ने, सामाजिक एकता र आत्मविश्वास अभिवृद्धि गर्ने, मनोरञ्जन तथा स्वास्थ्य लाभ प्रदान गर्ने उद्देश्यले गरिएको हो। यस्ता फरक–फरक आयामका माध्यमबाट य

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 1,690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भोलि वृहत खुल्ला लाखेनाच प्रदर्शनी र प्रतियोगिता

    धरान/लाखेनाच जात्राको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले भोलि (बिहीबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ। नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा हुने कार्यक्रममा धरानभित्रका मात्र नभई बाहिरका लाखेनाच समूहको पनि सहभागिता रहनेछ। आज (बुधबार) धरान–१६ स्थित हारती अजिमा मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले प्रदर्शनीलाई व्यवस्थित र मर्यादित बनाउन सबै लाखेनाच संस्था तथा समूहसँग सहकार्य गरिएको जानकारी दियो। दबूका अध्यक्ष मनोहर शाक्यका अनुसार दिउँसो ४:३० बजेबाट भानुचोकमा सुरु हुने कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको छ। "मौसम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज, देशभरका २०० भन्दा बढी राइडर्सको सहभागिता

    धरान/ सुनसरीको धरानमा आगामी साउन ३१ गते ‘कोरा राइड साइकलिङ च्यालेन्ज’ हुने भएको छ। नेपालमा सन् २०११ मा काठमाडौंबाट सुरुआत भएको यो च्यारिटी राइड धरानमा सन् २०१७ देखि हरेक वर्ष मनाइँदै आएको हो। पेडलर्स धरानको आयोजनामा हुने यस वर्षको प्रतियोगितामा देशका विभिन्न शहरबाट २०० भन्दा बढी राइडर्स सहभागी हुने पेडलर्स धरानका अध्यक्ष किशन मास्केले बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार धरान–२ भानुचोकबाट सुरु हुने साइकल र्याली विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका चेकपोइन्ट हुँदै ३२ किलोमिटर दूरी तय गरेर धरान–१७ साकेला पार्कमा सम्पन्न हुनेछ। कार्यक्रम संयोजक विजय

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 771 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक बिषादीयुक्त रायो धरानमा नष्ट

    धरान/बिषादी परीक्षणमा खान अयोग्य ठहर भएपछि धरानस्थित कृषि उपज बजारमा १९ किलो रायोको साग गाडेर नष्ट गरिएको छ। कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले विभिन्न १० प्रकारका तरकारी परीक्षण गर्दा डाँडाबजारबाट आएको रायोको सागमा अर्गानोफस्फेट समूहको बिषादी अत्यधिक मात्रा पाइएको हो। एकाइका प्रमुख रुपेश रिजालका अनुसार उक्त सागमा ६१.९१४१ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ, जुन सुरक्षित सीमा (३५% भन्दा कम) भन्दा धेरै हो। उनले ३५–४५ प्रतिशतको बीचमा देखिए ‘क्वारेन्टाइन’ राखी केही दिनपछि मात्र उपभोग गर्न मिल्ने जानकारी दिए। परीक्षण कृषि बजारमा मात्र केन्द्रीत भएको भन्दै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारबाट फरार भए जबरजस्ती करणी मुद्दाका कैदी

    इटहरी/सुनसरीको झुम्का कारागारबाट एक कैदी बन्दी फरार भएका छन्। जबरजस्ती करणी मुद्दामा जीवन बिताइरहेका खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री कारागारको बि ब्लकमा रहेको आफ्नै बासको सहारामा बाल चढेर करिब १६ फिट अग्लो वाल नाघेर फरार भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले पुष्टि गरे कि, बुधबार बिहान नै अनुसन्धानको क्रममा खत्री फरार भएको देखिएको हो। उनी फरार भएपछि बिहानैदेखि व्यापक प्रहरी परिचालन गरी उनको खोजतलास जारी छ। डिआइजी कार्कीले भने, “फरार कैदीलाई चाँडै पक्राउ पर्ने विश्वास छ।” फरार घटनाको सम्बन्धमा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 950 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

    झापा/ दमक–१० जहदका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ खोलामा बगेर आज बिहान मृत्यु भएका छन्। स्थानीय भालुखोला तर्ने क्रममा उनी खोलामा बेपत्ता भएका थिए। प्रहरी निरीक्षक नवीन राईका अनुसार, खोलामा बगेपछि करिब आधा घण्टा लगाएर उद्धार गरी धर्मेन्द्रलाई दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved