झुम्का कारागारबाट फरार भए जबरजस्ती करणी मुद्दाका कैदी

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/सुनसरीको झुम्का कारागारबाट एक कैदी बन्दी फरार भएका छन्।

जबरजस्ती करणी मुद्दामा जीवन बिताइरहेका खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री कारागारको बि ब्लकमा रहेको आफ्नै बासको सहारामा बाल चढेर करिब १६ फिट अग्लो वाल नाघेर फरार भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले पुष्टि गरे कि, बुधबार बिहान नै अनुसन्धानको क्रममा खत्री फरार भएको देखिएको हो।

उनी फरार भएपछि बिहानैदेखि व्यापक प्रहरी परिचालन गरी उनको खोजतलास जारी छ। डिआइजी कार्कीले भने, “फरार कैदीलाई चाँडै पक्राउ पर्ने विश्वास छ।”

फरार घटनाको सम्बन्धमा छानबिन समेत भइरहेको छ भने कारागारको बाहिरी सुरक्षा सशस्त्र प्रहरीले कमान्ड गरिरहेको छ।

सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी पकलीका डिएसपी राजेश श्रेष्ठको नेतृत्वमा रहेको टोलीले पनि छानबिनमा सक्रियता देखाइरहेको डिआइजी कुमार न्यौपानेले  जानकारी दिए।

प्रहरी स्रोतका अनुसार, कारागारको आन्तरिक प्रशासनले रात्रि सुरक्षा ड्युटीमा खटाइएका खत्रीले मुढा बनाउने उद्योग छेउमा राखिएको बासका सामग्रीहरू प्रयोग गरी १६ फिटे वाल उक्लिएर फरार भएको भनिएको छ।

प्रहरी अहिले फरार कैदीलाई पक्रने प्रयासमा तिब्र रहेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved