वराहक्षेत्रका कांग्रेस नेता सन्तोषले जोगि सन्यासीलाई सहयोग गरेर मनाए जन्मदिन

  • साउन २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले वराहक्षेत्र मन्दिर क्षेत्रमा रहेका असाय , सन्यासी र जोगिहरुलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् ।

बिहिवार साउन २९ गते आफ्नो ३७ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र- १ वराहक्षेत्र मन्दिर परिसरमा रहेका करिव ३० जना असाय , सन्यासी र जोगिहरुलाई खाद्यन , रकम र कपडा प्रदान गरेका थिए । 

जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । शशक्त, असाय भएका परिवारलाई आफ्नो जन्म दिनको अवशरमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उनी बताउछन् ।

संन्तोषले विगतका जन्मदिनको अवसरमा बाटोको किनारामा वृक्षारोपण, साधुहरूलाई भोजन गराउने, चोकमा सुरक्षित यात्राकालागि बोर्ड, सिसी क्यामरा लगाएर जडान , मठ, मन्दिर रङगोगन , सडक मर्मत , असाय , अशक्त मानिसहरुलाई सहयोग गर्दै गरेका थिए ।

जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्दै आएका श्रेष्ठ नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ का सदस्य प्रदेश पार्षद्सँगै वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य, खारखोला फुटबल क्लबका अध्यक्ष समेत हुन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved