इटहरीमा ठूलो मात्रामा लागू औषधसहित चार पक्राउ, घरधनी फरार

  • साउन २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र CRV खनारको संयुक्त टोलीले इटहरी–११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घरमा छापा मार्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको छ।

बुधवार दिउँसो २ बजे गरिएको खानतलासीमा ट्रामाडोल १,२६० क्याप्सुल र डिकोलिक ५१० क्याप्सुल लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्।

प्रहरीले घटनास्थलबाट कम्पाउण्ड छेउमा राखिएका दुई मोटरसाइकल (प्रदेश १–०४–००१ प ४५९१ र को २९ प ७८०९) समेत बरामद गरेको छ। घरधनी अवजल मिया भने हाल फरार छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved