धरानमा नृत्य प्रशिक्षणको अग्रणी केन्द्र ‘द डान्स गार्डेन’

  • साउन २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नृत्य प्रतिभा विकास र सांस्कृतिक संरक्षणमा विशेष योगदान पुर्याउँदै आएको ‘द डान्स गार्डेन’ ले छोटो समयमा आफ्नो पहिचान बनाइसकेको छ।

सन् २०७९ साल श्रावण १० गते स्थापना भएको यो नृत्य संस्था धरान–१३, जीरोप्वाइन्टमा अवस्थित छ र यसको प्रबन्धक निर्देशक प्रबिन भुजेलको नेतृत्वमा सञ्चालित छ। ‘द डान्स गार्डेन’ को स्थापना मुख्य रूपमा नृत्य सिकाउने, प्रतिभा विकास गर्ने, संस्कृति जगेर्ना गर्ने, व्यावसायिक अवसर सिर्जना गर्ने, सामाजिक एकता र आत्मविश्वास अभिवृद्धि गर्ने, मनोरञ्जन तथा स्वास्थ्य लाभ प्रदान गर्ने उद्देश्यले गरिएको हो। यस्ता फरक–फरक आयामका माध्यमबाट यो संस्था नृत्यकलालाई केवल मनोरञ्जनको रुपमा मात्र नभई युवाको सृजनात्मकता र आत्मनिर्भरता अभिवृद्धि गर्ने साधनको रुपमा पनि प्रवर्धन गर्दैछ।

स्थापना यता ‘द डान्स गार्डेन’ ले धरानका विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गरी नियमित रूपमा नृत्य तालिम, वर्कशप र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

यस संस्थाले अहिलेसम्म तीन संस्करणसम्मको समर क्याम्प सफलतापूर्वक सञ्चालन गरिसकेको छ, जसले नृत्यप्रति युवाहरूको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। समर क्याम्पमा बालबालिकालाई लक्षित गर्दै नृत्यका संगै विभिन्न विधा सिकाइएको थियो ।

साथै, ‘द डान्स गार्डेन’ ले सांस्कृतिक परम्परालाई जोर्गना गर्न तिहारमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने परम्परा समेत कायम राखेको छ। यस कार्यक्रम मार्फत स्थानीय समुदायमा सांस्कृतिक चेतना बढाउनुका साथै सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।

स्थानीय समुदायले ‘द डान्स गार्डेन’ लाई एक व्यावसायिक र गुणस्तरीय नृत्य प्रशिक्षण केन्द्रको रुपमा स्वीकार गरेको छ। यहाँ आधुनिक नृत्य, शास्त्रीय नृत्य, लोक नृत्य लगायत विविध विधामा दक्ष प्रशिक्षकहरुबाट तालिम प्रदान गरिन्छ।

संस्थाले विद्यार्थीहरूको सहजतालाई मध्यनजर गर्दै, कक्षाको समय तालिका अनुकूल र आरामदायी बनाएको छ। साथै, विद्यार्थीहरूलाई आकर्षित गर्न भेषभूषाको पनि विशेष व्यवस्था गरिएको छ।
प्रबन्धक निर्देशक प्रबिन भुजेलका अनुसार, “हाम्रो उद्देश्य केवल नृत्य सिकाउनु मात्र होइन, युवाहरूमा आत्मविश्वास जागृत गराउनु, सामाजिक एकता बढाउनु र तिनलाई व्यावसायिक अवसरहरूमा सक्षम बनाउनु हो।

आगामी दिनहरूमा हामी राष्ट्रियस्तरका नृत्य प्रतियोगिता, अन्तरविद्यालय कार्यक्रम र अन्तर्राष्ट्रिय कडीमा तालिम तथा प्रस्तुति कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाइरहेका छौँ।” सामाजिक उत्तरदायित्वलाई पनि ध्यानमा राख्दै ‘द डान्स गार्डेन’ ले स्वस्थ मनोरञ्जन र शारीरिक स्वास्थ्यका लागि फिटनेस कक्षा तथा कार्यक्रमहरू पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। यसले नृत्यकला र स्वास्थ्यलाई सँगै जोड्ने एउटा नयाँ आयाम स्थापित गर्ने छ।

स्थानीय अभिभावक तथा विद्यार्थीहरूले यस संस्थालाई नृत्य सिकाउने मात्र नभई सृजनात्मकता र अनुशासन सिकाउने एउटा आदर्श स्थानका रूपमा हेरिरहेका छन्। विभिन्न प्रतियोगितामा सहभागी भई सफलता प्राप्त गरेका विद्यार्थीहरूले यस संस्थाको गुणस्तर प्रमाणित गरिसकेका छन्।

धरानमा रहेको अन्य कला केन्द्रहरूसँगको प्रतिस्पर्धामा ‘द डान्स गार्डेन’ को फरक पहल, गुणस्तर र व्यावसायिक दृष्टिकोणले यसलाई अग्रणी स्थानमा पुर्याएको छ।

यातायातको सुविधा नहुँदा पनि यहाँ विद्यार्थीहरूको सुविधाका लागि विभिन्न प्रकारका सहयोग गरिने गरेको छ। समग्रमा हेर्दा, ‘द डान्स गार्डेन’ ले धरानको नृत्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ र आगामी दिनहरूमा यसले देशका अन्य भागहरूमा पनि आफ्नो विस्तार गर्ने अपेक्षा गरिएको छ।

522676979_728186093299484_214155214990479154_n

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved