नक्कली ‘व्याकुल माईला’ फेरि पक्राउ

  • साउन २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/राष्ट्रिय गीत "सयौं थुङ्गा फूलका" का असली सर्जक प्रदीपकुमार राई ‘व्याकुल माईला’को नाममा ठगी गर्दै हिँड्ने मिलन राई फेरि पक्राउ परेका छन्।

उदयपुरको बेल्टार घर भएका मिलन राईले आफू नै व्याकुल माईला भएको दाबी गर्दै बिहीबार इटहरी उपमहानगरपालिका पुगेका बेला प्रहरीको फन्दामा परे।

उनले विभिन्न स्थानीय तह र विद्यालयमा व्याकुल माईलाको नाममा पुस्तक बिक्री गर्दै आएको खुलासा भएको छ।

यसअघि पनि नक्कली व्याकुल माईला बनेको आरोपमा पक्राउ परेका उनलाई “अब यस्तो नगर्ने” सर्तमा रिहा गरिएको थियो। तर, उनले फेरि राष्ट्रको सम्पत्तिमा हात हाल्ने गतिविधि दोहोर्याए।

मिलन राईले असली सर्जकको विरुद्ध राष्ट्रपति कार्यालयदेखि सभामुखसम्म उजुरी दर्ता गर्दै, व्याकुल माईलाको नाममा राज्यले दिने सेवा–सुविधा आफूलाई दिन माग गर्दै आएका थिए।

८ वर्षदेखि निरन्तर आफ्नो नाम बेचेर भइरहेको ठगीका कारण पीडित भएको असली व्याकुल माईलाले आक्रोश व्यक्त गर्दै भने, “राष्ट्रिय गीत राष्ट्रको सम्पत्ति हो, यसको संरक्षण गर्नु राज्यको कर्तव्य हो।

तर, किन नक्कली व्याकुल माईला ढुक्कका साथ देशभर हिँडिरहेका छन्, म अचम्मित छु।”

उनीहरूले यस पटक भने कानुन अनुसार कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

book

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved