समाचार

    Showing 1,081-1,090 of 8,382 items.
  • २० रुपैयाँमा बस चढेर इटहरी सरर

    इटहरी/  बुधबारदेखि इटहरीमा नगरवस सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिकाले चार वटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयास स्वरुप सेवा प्रारम्भ भएको हो । गत साउन २२ गते र

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 685 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्मा मन्दिरमा भेटी र प्रदेश सरकारको सहयोगबाट भौतिक संरचना निर्माण

    धरान/ धरान उपमहानगरपालिका वडा नं.८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिरमा आउने भक्तजनको सुविधालाई मध्यनजर गरी भौतिक संरचनाहरु थप गरिएका छन् । कोशी प्रदेश सरकार र मन्दिरबाट उठेको भेटी संकलन वापतको कुल रकम ३६ लाख ३६ हजारमा मन्दिरको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र गौशाला निर्माण गरिएको हो । बाबा विश्वकर्मा मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार कोशी प्रदेशको १५ लाख अनुदान मन्दिर व्यवस्समितिबाट ११ लाख ३६ हजार रुपैयाबाट अगाडिपटिको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र मन्दिरको पछाडिपट्टि गौशाला निर्माण गरिएको हो । समय समयमा मन्दिरको विषयमा विवाद चुलिदा मन्दिरको व्यवस्थानमा भ

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृगौला पीडित पत्रकार दियालीलाई पुरस्कार बापत रकम दिने घोषणा,फेरी अस्पताल भर्ना

    धरान ।बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कार बापत रकम मृगौला पीडित इटहरीका बरिष्ठ पत्रकार पिबी दियालीलाई प्रदान गर्ने भएका छन् । ‘देवेन्द गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम दियालीको उपचारका लागि समर्पित गर्ने भएका हु्न् । वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो । बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरी

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरे अकबरे खुर्सानी भारत सम्म माग बढ्यो,उत्पादन धान्नै गाह्रो

    भोजपुर/ भोजपुर जिल्लामा अकबरे खोर्सानीको खेतिमा कृषकहरु आकर्षित बन्दै गएका छन् । अकबरे खोर्सानीबाट मनग्ने आम्दानी लन थाले पनि अन्य बाली लगाउनै छाडेर कृषकहरुले अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका हुन् । खोर्सानीको माग बढ्दै जाँदा कृषकहरुले माग धान्नै गाह«ो परेको छ । जसले गर्दा उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानीको माग बढेको हो । उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानी छिमेकी जिल्ला, तराईका जिल्ला र भारतसम्म पुग्ने गरेको छ । अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने बताए।‘ अह

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 327 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ड्रागन खेतीमा आकर्षण,कृषकलाई प्राविधिक ज्ञानको अभाब,राज्यको सहयोग शुन्य

    धरान/ नेपालमा ड्रागन खेतीको भविष्य भए पनि सरकारी स्तरबाट राम्रो सपोर्ट नहुँदा भने सोचेजस्तो उत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् । उनीहरुले मल, विउ तथा अनुदानको व्यवस्थासँगै प्राविधिक ज्ञान नहुँदा इन्टरनेटबाट हेरेरै भएपनि उत्पादन गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् । प्राविधिक ज्ञान नभए पनि आफ्नै बलबुतोले आम्दानी भने मनग्गे भएको धरान ५ ठिंगाबारीका कृषक देवी लिम्बु बताउछन् । उनले गत बर्षको भन्दा यस बर्ष यस बर्ढा उत्पादन भएको बताए । उनले विक्री मूल्यमा परिवर्तन भइराख्दा पनि बार्षिक रुपमा १४ देखि १५ लाख रुपैयासम्म आम्दानी हुने बताए ।उनले गत बर्षसम्म प्रतिक्ेजी ५ सय रुपैयासम्म विक्री

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 245 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको नयाँ मापदण्ड : नयाँ सदस्यता लिन अनिवार्य आधारभूत परीक्षा; १० लाख सदस्य पुर्याउने योजना

    काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पु¥याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लाग

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 332 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज संविधान दिवस,यसरी तीन दिन सम्म मनाइँदैछ

    धरान/ नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । देशले इतिहासमै

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्गा प्रसाईलाई पक्राउ पुर्जी जारी,पक्राउ पर्लान त ?

    धरान/  झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी

    • प्रकाशित मितिः असोज २, २०८१
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाटक : जब मोबाइलमा घण्टी बज्छ ? अभिभावक र विद्यार्थीलाई सन्देशमुलक शिक्षा(भिडियो हेर्नुहोस्)

    धरान/ एभरेष्ट चिल्ड्रेन होम स्कुल,धरान – ६ का  बिद्यार्थीहरुले पढाईकाे अलबा अतिरिक्त क्रियाक्लापहरुमा समेत दख्खल राख्ने गरेका छन् । अतिरिक्त क्रियाक्लापमा नगर र जिल्ला स्तर सम्म विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याएर विजयी हुँदै आएका छन् । अतिरिक्त क्रियाक्लापहरुका लागि एभरे्ष्टले विशेष प्राथमिकता समेत दिने गरेकाले पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो प्रतिभालाई खुलेर प्रस्तुती दिन सक्छन् । गायन,नाटक,नृत्य,हाजिरी जवाफ,खेलकुद,निवन्ध लगायत अन्य विद्याहरु जो विद्यार्थीमा लुलेको प्रतिभा हुने गरेको छ , त्यो प्रतिभालाई स्कुलले प्लेफर्म दिएर उनीहरुको लुकेको प्रतिभालाई

    • प्रकाशित मितिः असोज २, २०८१
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा क्यान्सरको उपचार सेवा विस्तार

    काठमाडौं/ देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जम

    • प्रकाशित मितिः असोज २, २०८१
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved