धरान/ धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । तर यस क्षेत्रको प्रवद्र्धनमा वडा समितिले पहल कदमी थालेको छ । शिवजट्टा धनकुटाको साँगुरीगढी गाउँपालकामा रहेको नमस्ते झरना भन्दा रमणीय हिसाबले कम छैन । पर्यटकीय स्थल शिवजट्टामा जोकोही जान नसक्नुको प्रमुख कारण सडक सञ्जाल हो । नजिकैको स्थान भएकोले धरान आसपासका सर्वसाधारण वनभोज खान, अत्याधिक गर्मीको समयमा पौडी खेल्ने प्रयोजनका लागि नमस्ते झरना रहने गरेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्ष
धरान/ कोशी प्रदेशका दुईवटा मात्र उप-महानगरपालिका — धरान र इटहरी — अहिले ‘बजेट होलिडे’मा छन्। साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भइसके पनि यी दुवै सहर अझै बजेटविहीन छन्, जसले दैनिक सेवा प्रवाहदेखि विकासका योजना र कर्मचारी भुक्तानीसम्ममा गम्भीर असर पारेको छ। धरानमा नगरप्रमुख हर्कराज राई साम्पाङ र उपप्रमुख इन्द्रविक्रम बेघाबीच लामो समयदेखि चलिरहेको विवाद नै बजेट प्रक्रिया अवरुद्ध हुनुको प्रमुख कारण बनेको जनस्तरको धारणा छ। श्रमदान कार्यक्रमदेखि प्रशासनिक निर्णयसम्ममा मतभेद हुँदा नगरसभामा बजेट पेस नै हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट पे
धरान/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि ‘धरान–लेउती सुरुङमार्ग’को अध्ययन सुरु गरिने घोषणा गरेका छन्। सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी पदस्थापन कार्यक्रममा सोमबार बोल्दै उनले उक्त सुरुङमार्गमार्फत तमोर नदीको पानी समेत धरान ल्याउन सकिने प्रारम्भिक बुझाइ रहेको बताए। “यसपटक बजेटमा सुरुङमार्गको अध्ययनका लागि रकम विनियोजन गरेका छौं। भौतिक पूर्वाधार मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,” मुख्यमन्त्रीले भने। उनका अनुसार सुरुङमार्ग सफल भएमा धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ। त
धरान/यस वर्षको बोलबम मेलामा धरान–१४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम समितिले ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरुलाई प्राथमिकता दिँदै सहज ढंगबाट जल चढाउने र पूजाआजा गर्ने व्यवस्था गरेको छ। लक्षित वर्गका भक्तजनले यो वर्ष सहजता अनुभव गरेको बताएका छन्। विगतका वर्षमा भीडभाडका कारण ज्येष्ठ नागरिक र अशक्तहरुलाई सास्ती हुने गरेकोमा, यसपटक छुट्टै लाइन, आरामदायी पहुँच, लकर, खानेपानी, स्वास्थ्य सेवा र सुरक्षाको पुख्र्यौंदा व्यवस्था मिलाइएको समितिले जनाएको छ। झापाका पदम खड्का र मोरङका नवराज सुवेदीले अन्तिम सोमबारको बोलबममा सहज र व्यवस्थित वातावरण पाएकोमा समितिलाई धन्यवाद दिएका छन्। विराटनगरकी कौशिल
धरान/ मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र
धरान/ कोशी प्रदेश सरकारले धरानको दीर्घकालीन खानेपानी आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण सम्पन्न गरेका ३ वटा खानेपानी इनारको आज संयुक्त अनुगमन गरिएको छ। प्रदेश सरकारले सेउति खोलाको चारकोसे जंगल क्षेत्रमा निर्माण गरेका ती इनारहरूबाट दैनिक करिब ६० लाख लिटर शुद्ध पानी आपूर्ति हुने अनुमान गरिएको छ।अनुगमन कार्यक्रमको क्रममा प्रदेशका माननीय सदस्यहरू, धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सिँचाइ मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका अधिकारी तथा धरान खानेपानी बोर्डका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।प्रदेश सरकारले निर्माण गरेका यी इ
इटहरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज विहान दुई सवारी साधनको भिडन्त हुँदा दुःखद घटना भएको छ। मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्। प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, बस काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै थियो भने माइक्रोबस विपरीत दिशाबाट आइरहेको थियो। घाइतेमध्ये १० जनालाई विराटनगरको गोल्डेन अस्पतालमा, एक जनालाई विराट टिचिङ अस्पतालमा, र बाँकीलाई न्युरो अस्पताल तथा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको
सुनसरी/ विशेष सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो दुई छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको लागू औषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। पहिलो अपरेशनमा, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित ५० वर्षीय मुस्ताक मियाको टिनको छानो र बाँसको बेरा भएको घरमा खानतलासी गर्दा ७८ केजी (अठ्हत्तर किलो) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उक्त गाँजा ओसार–पसारमा संलग्न बराहक्षेत्र–६ का बलराम यादवलाई समेत पक्राउ गरिएको छ। साथै, पटेरको घारीमा लुकाइएका BR 10 AQ 55427 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय म
खोटाङ/ यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेगराज जंगलभित्र मृत अवस्थामा फेला परेपछि पनि प्रहरीलाई जानकारी नदिई गोप्य रूपमा दाहसंस्कार गरिएको तथ्य बाहिर आएको छ। घटनाबारे ढिलोगरी जानकारी पाएपछि प्रहरीले आइतबार दाहसंस्कार स्थलमै पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको हो। राम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतका अनुसार मृतक बालबालिकाको शव दाहसंस्कार गरिएको स्थानमै प्रहरीले उत्खनन कार्य सम्पन्न गरेको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुर्घटना वा आत्महत्याजस्ता घटनामा मृत्यु भए कानुनअनुसार शव परीक्षणपछि मात्र
धरान/ धरान उपमहानगरपालिका–४ ढाँडे, तेलनपुरमा अवस्थित कन्या आधारभूत विद्यालय स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको विद्यालय हो। नगरभित्रकै दुर्गम वडामा पर्ने यो विद्यालय अत्यन्तै विपन्न तथा न्यून आय भएका बालबालिकाको शिक्षाको आधार बनेको छ, तर यसको सञ्चालन अझै पनि सहयोगकै भरमा छ। जम्मा २७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हुने–खाने परिवारका अभिभावक बसाइँसराइ गरेर महँगा निजी विद्यालय रोज्ने प्रवृत्तिका कारण विद्यार्थी संख्या घट्दै गएको छ। सरकारले उपलब्ध गराउने न्यून बजेटले विद्यालय चलाउन कठिनाइ भएपछि विभिन्न संघ–संस्था र व्यक्तिको सहयोग नै मुख्य आधार बनेको छ। हालै,