सुनाखरी एकेडेमीमा नयाँ विद्यार्थीलाई सम्मान तथा स्वागत

  • भदौ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार विशेष कार्यक्रममार्फत स्वागत गरेको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्का, विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राई र प्लस टु संयोजक तपकुमार राईलगायतले नयाँ विद्यार्थीलाई खदा र अबिर लगाएर सम्मान गरेका थिए।

प्रमुख अतिथि खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर राष्ट्र विकासमा योगदान दिन प्रेरित गरे।

प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वसनीय शैक्षिक संस्था हो” भन्दै विद्यालयको प्रतिबद्धता दोहोर्याए।

त्यस्तै, संयोजक तपकुमार राईले प्लस टु सुरु भएदेखि हालसम्मका शैक्षिक उपलब्धि र सफलताबारे जानकारी प्रस्तुत गरे।

सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षिका मौसमी कार्कीले सञ्चालन गरेकी थिइन्।

Sunakhari_koshipatra Sunakhari-milan sir,koshipatra.com 1756480358877

 

 

 

 

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved