ब्राउन सुगर सहित सुनसरीबाट एक व्यक्ति पक्राउ

  • भदौ १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीमा विशेष सूचनाका आधारमा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

शनिबार साँझ करिब ५ बजेर ३० मिनेट जाँदा ईनरुवा नगरपालिका–४ बसचोक नजिक अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले लौकहीबाट झुम्का जाँदै गरेको बा।४६ प।८४०२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो।

सो क्रममा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्र ब। गुरुङको साथबाट १६।३५ ग्राम ९सोह्र ग्राम तीन सय पचास मिलिग्राम० ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। गुरुङले प्रयोग गरिरहेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका गुरुङलाई बरामद गरिएको ब्राउन सुगर र मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved