संविधान बिपरित नबोल्न धरानका मेयर राईलाई राजनितिक दलको चेतावनी

  • फागुन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । सामाजिक संजालमा स्वतन्त्र बिचार राखेकै आधारमा धरान उपमहानगर पालिकाका मेयर हर्कराज राइले स्थानीयलाई अभद्र ब्यवहार गरेको भन्दै धरानका ९ राजनितिकदलहरुले आपत्ति जनाएका छन् ।

बिहिबार संयुक्त बिज्ञपति जारी गर्दै राज्यले प्रदत्त गरेको अधिकार अनुसार स्वतन्त्रपुर्बक बोल्न पाउने अधिकार कुण्ठित गरेको भन्दै मेयर राइको ध्यानाकर्षण गराएका छन् ।

बिज्ञप्तिमा लेखिएको छ, नेपालको संविधानले स्वतन्त्रपूर्वक आफ्‌ना कुरा राख्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ।

राजनैतिक दलहरूको नेतृत्वमा निरङ्कुश शासन व्यबस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यबस्था आएको धरानको नगर प्रमुखलाई स्मरण उन चाहान्छौं।

लोकतान्त्रिक मुलुकमा स्वतन्त्र पूर्वक आफ्‌ना कुरा राख्न पाउने, फरक मत राख्न पाउने, नेतृत्वकर्तीलाई खबरदारी गर्ने, प्रश्न मोध्ने तथा स्वतन्त्र पूर्वक निर्वाचन लड्न पाउने कुराको ग्यारेण्टी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

नगर प्रमुख निवाचित हुनुभन्दा अगाडी आफुले गरेका हर्कत र नगर प्रमुख भई सके पछिपनि गरेका हर्कत हरु आफै विष्लेशण गर्न अनुरोध गरेका छन् ।

विगत दखिनै आफु अनुकुल विचार ब्यक्त नगर्नेहरु माथि नगर प्रमुखले गर्दै आएको तुच्छ अभिब्यक्ति र व्यबाहारले लोकतन्त्रलाई लज्जीत बनाउदै गएको बिज्ञप्तिमा लेखिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकै आधारमा पटक पटक धरानका आधा दर्जन भन्दा धेरै जनताहरुलाई आफ्‌नो कार्यकक्षमा बोलाई बन्धक बनाएको र धरान छाडेर जा भन्ने उर्दी जारी गर्दै दुब्यबहार गरेको घटनाप्रति गम्भिर आपत्ति रहेको लेखिएको छ।

बिज्ञप्तिमा लेखिएको छ,धरानका नगर प्रमुख हर्कराज राईले आफु नै सबैथोक भएको भन्दै कर्मचारी प्रति गरेको ब्यबहार,

अभिब्यक्ति स्वतन्त्रता तथा मानवअधिकार माथि नाङगो हस्तक्षेपले सबैलाई लज्जीत बनाएको छ । सदियौं देखि जातिय, धार्मिक,

सास्कृतीक एकता कायम गरेर नमुना शहरको रुपमा स्थापित धरानमा नगर प्रमुखले नै जातीय, धार्मिक तथा सास्कृतीक एकतामाथि खलल पुग्ने गरि दिदै आएका अभिब्यक्तिले समेत हामी र हाम्रो समाजलाई विभाजीत गर्न खोजेको हामीले महशुस गरेका छौं ।

केही दिन अघि मेयर राइले टेलिकमका कर्मचारी शिव धमलालाइ सामाजिक संजालमा उनी विरुद्ध लेखेको भन्दै आफ्नो कार्यकक्षमा बन्दक बनाएका थिए ।

बिज्ञप्तिमा जातिय, धार्मिक तथा संस्कृतीक एकतामाथि खलल पुयाउदै आफू अनुकुल नभएका प्रश्नहरुको जवाफ दिन नसक्ने र प्रश्न गर्नेलाई सार्वजनिक बेइज्जती गर्ने, आफ्‌ना अगुवा पछुवा लगाएर धम्की दिने तथा अश्लिल गाली गर्न लगाउने जस्ता घटनाहरु भईरहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

जनताको प्रतिनिधिले आफ्‌नो काम, कर्तब्य र अधिकार राम्रोसँग अध्ययन गर्न र संविधानले ग्यारेण्टी गरेका विषयमा धावा नबोल्न समेत नगर प्रमुख राइलाई सचेत गराएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved